‘माओवादी’ सुन जस्तै बहुमुल्य पार्टी हो: पूर्व शिक्षामन्त्री शर्मा

पाेखरा | साउन २२, २०७९

‘माओवादी’ सुन जस्तै बहुमुल्य पार्टी हो: पूर्व शिक्षामन्त्री शर्मा

पोखरा:  पूर्व शिक्षामन्त्री तथा माओवादीका स्थायी कमिटी सदस्य दिननाथ शर्माले माओवादी पार्टीलाई   सुनसँग तुलना गर्दै बहुमुल्य पार्टी भएको बताएका छन् । 

 

नेपाल राष्ट्रिय प्राध्यापक संगठन गण्डकीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै पूर्व शिक्षा तथा प्रविधिमन्त्री शर्माले यस्तो अभिव्यक्ति दिएका हुन् ।

 

शर्माले सुनमा फोहोर लागेपनि पखालेपछि टल्कने बताउदै माओवादी पार्टीको पनि झन सुनको जस्तै मुल्य बढ्दै जाने बताए । ‘सुनमा जति फोहोर लागेपनि पखालेपछि टल्कन्छ, उनले भने, ‘ फोहोर हटेपछि त होनी सुन टल्किने । त्यसैले हाम्रो पार्टीका नेताहरु पनि जुन पार्टीमा गएपनि हाम्रो पार्टी झन टल्किदै छ ।’

 

उनले केपी ओली, बाबुराम भटराई, झलनाथ खनालहरुलाई माओवादीले नै प्रधानमन्त्री बनाएको दाबी गर्दै सरकार बनाउने निर्णायक भुमिकामा माओवादी रहँदै आएको उल्लेख गरे ।

 

माओवादीले मुल मुद्धा बनाएर अगाडी बढाएको जनवादी शिक्षाले पूर्णता नपाएको भन्दै अब यसलाई थप शसक्त ढंगले अगाडी लैजानुपर्ने बताए ।

 

शर्माले दक्ष र सीप भएका युवाहरुलाई नेपालमा अवसरको सिर्जना गर्न नसक्ने सरकारको कमजोरी रहेको बताउदै विदेश पलायन हुनुपर्ने बाध्यता रहेको बताए ।

 

नेपालमा २०२८ सालको शिक्षा नीति व्यवहारिक नभएको बताउदै नेपालको शिक्षा नीति परिमार्जन आवश्यक रहेको औल्याए । माओवादी स्थायी कमिटी सदस्य शर्माले आफु शिक्षा मन्त्री हुँदा शिक्षा ऐन राष्ट्रपति कहाँ बुझाउँदा एमाले कांग्रेसका नेताहरुले शिक्षा ऐन पास गर्न नदिएको समेत आरोप लगाए । 

 

सरकार शैक्षिक माफियाहरुले चलाएको भन्दै उनले उनीहरुलाई हटाउन प्राध्यापक संघ र सरकारले विशेष योजनामा अगाडी बढ्नुपर्ने बताएका थिए ।

 

यसैगरि नेकपा माओवादी गण्डकी प्रदेशका अध्यक्ष गायित्री गुुरुङले नेपाललाई साच्चिकै नेपाल बनाउन प्राध्यापक संघको विशेष भुमिका रहेको बताइन् । 

 

उनले प्राध्यापक र राजनितिकर्मीहरुको सहयोग अपरिहार्य रहेको बताउदै देशको परिवर्तनमा टेवा पुग्ने धारणा राखिन् ।

 

‘प्राध्यापक भनेको समाजको महत्वपुर्ण अंग हो अरु भन्दा प्राध्यापक भनेपछि समाजले हेर्ने दृष्टिकोण नै फरक छ, उनले भनिन्, ‘त्यसैले समाजलाई कुन दिशामा लैजाने भन्ने महत्वपूर्ण भुमिका प्राध्यापकहरुको हुन्छ ।’

 

नेपाल राष्ट्रिय प्राध्यापक संघका केन्द्रीय सदस्य पूर्ण बहादुुर लामिछानेले विद्यार्थी र शिक्षकहरु एउटै सतहमा रहेमात्र  शिक्षामा परिवर्तन हुने बताए । शिक्षकले आफ्नो भुमिका भुल्दै जाँदा शिक्षामा परिवर्तन गर्न नसकेको उनले बताएका थिए । 


 

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ ।        एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...

थप पढ्नुहोस्

पोखरा: ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा पुन: प्रदर्शन हुने भएको छ । नेपाली भाषामा...

थप पढ्नुहोस्

काठमाडौं: काठमाडौैंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उहाँलाई आज बिहान कोटेश्वरको सुविधानगरबाट नियन्त्रणमा...

थप पढ्नुहोस्