पोखरामा बिहीबारदेखि नवौं प्रधानमन्त्री एनभिए भलिबल लिग
पाेखरा | जेठ ६, २०८२

पोखरा: पोखरामा यही जेठ ८ देखि १५ गतेसम्म नवौें प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष भलिबल लिगको तयारी अन्तिम चरणमा पुगेको छ ।
नेपाल भलिबल संघले आज पोखरामा पत्रकार सम्मेलन गर्दै नवौें प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष भलिबल लिगको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो ।
नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले काठमाडौं हुँदै आएको प्रतियोगिता यसपटक पोखरामा हुन लागेको बताए ।
‘काठमाडौंमा हुँदै आएको प्रतियोगिता यसपटक पोखरा रंगशालाको मल्टिपर्पोज कभर्डहलमा सञ्चालन गर्दै छौं, यो पोखराको लागि अवसर पनि हो’, अध्यक्ष चन्दले भने, ‘जेठ ८ देखि १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ तीन विभागीयसहित ८ र महिलातर्फ तीन विभागीयसहित ६टिमको सहभागिता रहनेछ ।’
उनका अनुसार पुरुषतर्फ तीन विभागीय त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, गण्डकी, सुदूरपश्चिम कोशी र मणिमुकुन्द भलिबल क्लब र महिलातर्फ तीन विभागीय त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, न्यू डायमण्ड, एभरेष्ट, कर्णाली प्रदेशले सहभागिता जनाउनेछन् ।
प्रतियोगितामा प्रत्येक टिमले तीनजना विदेशी खेलाडी समावेश गर्न पाउनेछन् । महिला तथा पुरुष दुवैतर्फका विजेताले आठ लाख, उपविजेताले चार लाख र तेस्रो हुने टिमले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
प्रतियोगितामा पोखराबाहिरबाट सहभागी हुने टिमहरूलाई खेल अवधिभर प्रतिखेलाडी १२ सय रुपैयाँ दरले रकम उपलब्ध गराइने छ । खेलाडीहरूका लागि दुर्घटना बिमाको समेत व्यवस्था गरिएको संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले बताए ।
प्रतियोगिता सम्पन्न गर्न झन्डै ९० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ, जसमा पुरस्कार रकम मात्रै ३२ लाख रुपैयाँ हुनेछ । यस प्रतियोगिताको विजेता टोली काभा भलिबल च्याम्पियनसिपमा सहभागी हुनेछन् ।
काठमाडौं: आईसीसी टी–२० विश्वकप एसिया इस्ट प्यासिफिक छनोटअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले जितका लागि १३२ रनको लक्ष्य पाएको छ। ओमानको एल एमिरेट क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ...
काठमाडौं: संघीय राजधानी काठमाडौँलाई बाग्मती, मधेश र कोशी प्रदेशका जिल्लालाई जोड्ने बिपी राजमार्ग शुक्रबार दिउँसोबाट सञ्चालनमा आएको छ । असोज १७, १८ र १९ गतेको लगातार भएको वर्षा सँगै...
काठमाडौं: सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै असोज २३ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय...