महासंघले भन्यो ‘सुनचाँदी, गरगहनाको उत्पादन, कारोवार तथा नियमन मापदण्ड सहितको निर्देशिका जारी गर’

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको ११ औं साधारण सभा सम्पन्न

पाेखरा | जेठ ५, २०८२

महासंघले भन्यो ‘सुनचाँदी, गरगहनाको उत्पादन, कारोवार तथा नियमन मापदण्ड सहितको निर्देशिका जारी गर’

पोखरा:  नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । महासंघको वार्षिक साधारण सभा आइतबार काठमाडौंमा सम्पन्न भएको हो । 


साधारण सभाका अवसरमा सुनचाँदी रत्न तथा आभुषण व्यवसायमा आवश्यक पर्ने कानूनी तथा नीतिगत आधार समेटिएको ‘आभुषण व्यवसायमा कानूनी व्यवस्था’ नामक पुस्तक समेत लोकार्पण गरिएको थियो । 


महासंघले साधारण सभाको अवसरमा ११ बुँदे घोषणा पत्र जारी गर्दै, ‘निर्देशिकाको अभावमा गरगहना व्यवसाय थप अन्योलग्रस्त बन्दै गएकोले सुनचाँदी गरगहनाको उत्पादन,कारोवार तथा नियमन मापदण्ड सहितको निर्देशिका अविलम्व जारी गर्न नेपाल सरकार समक्ष पुनः जोददार आग्रह गर्ने माग गरेको छ । 


यस्तै आन्तरिक एवम् अन्तर्राष्ट्रिय बजारमा स्वच्छ प्रतिस्पर्धात्मक वातावरणको विकास गर्नको लागि प्रतिस्पर्धा ऐनको प्रभावकारी कार्यान्वयन र उपभोक्ता संरक्षण ऐनमा समसामयिक सुधार गर्न नेपाल सरकार समक्ष माग गर्ने निर्णय गरेको छ । 


स्वदेशमा सुन, चाँदी, पत्थरका गरगहना निर्यात गर्ने उद्योग व्यवसाय प्रवद्र्धन गरी युवाहरूको लागि रोजगारी वृद्धि गर्दै परम्परागत सीप एवं कला, कौशललाई संरक्षण तथा दक्ष कालिगढहरू तयार गर्न नेपाल सरकारको सहयोगमा सीप विकास स्कूल महासंघले खोल्ने घोषणा गरिएको छ । 


नेपालको भूगर्भमा रहेका रत्न तथा पत्थरहरुको उत्खनन् र प्रशोधन क्षेत्रमा लगानी प्रवद्र्धन गर्न सरकार र महासंघको संयुक्त पहलमा कार्ययोजना बनाई लागू गर्न नेपाल सरकार समक्ष आग्रह समेत गर्ने जनाइएको छ । 


महासंघले सुनचाँदी आयात तथा विक्री वितरण कार्यविधि– २०६८ संशोधन गरी व्यवहारिक, व्यवसायी मैत्री कार्यविधि जारी गर्न पहल गर्ने । साथै प्रत्येक प्रदेशबाटनै आयातित कच्चा पदार्थको विक्री वितरण कार्य संचालन गरी व्यवसायीहरुले सुपथ, सरल र सहज तरीकाले खरीद गर्न पाउने अवस्था निर्माण गर्ने जनाएको छ । 


यस्तै गरगहनाको गुणस्तर मापन गर्ने विद्यमान पद्दति त्रुटीपूर्ण रहेकोले यस्तो संयन्त्रबाट परिक्षण गरिएको आधारमा व्यवसायीहरुलाई कानूनी कारबाही गर्नु अन्यायपूर्ण भएकोले संपूर्ण जिल्लाहरुमा गुणस्तर परीक्षण केन्द्र स्थापना गरी आम उपभोक्ता एवं गरगहना व्यवसायीहरुले सर्वसुलभ तरिकाले गुणस्तर परिक्षण गर्न सक्ने गरि गुणस्तरयुक्त आधुनिक मेसिन उपलब्ध गराउन नेपाल सरकार समक्ष माग गर्ने घोषणा गरेको छ । ।


महासंघले आर्थिक ऐन–२०८१ मा भएको व्यवस्थालाई महासंघले दिएको सुझावलाई कार्यान्वयनको लागि पहल गर्ने र सुनचाँदी गरगहना स्वदेशी उत्पादन तथा निर्यात व्यवसायलाई प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय मेलाहरूमा भाग लिने व्यवस्था गर्न नेपाल सरकार समक्ष अनुरोध गर्ने निर्णय गरेको छ । 


यस्तै सम्पत्ति शुद्धिकरण(मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४मा अव्यवाहारिक कानुनी व्यवस्थालाई संशोधन प्रस्ताव गरी संशोधनको पहल गर्ने, आभुषण व्यवसायलाई वृहत उद्यमको रुपमा स्थापित गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउने घोषणा पत्रमा उल्लेख गरिएको छ  । 


महासंघले व्यवसायी मैत्री कानुन निर्माण तथा अव्यवहारिक कानुन संशोधनका लागी पहल गर्ने । राज्य वाट न्यायोचित माग सम्वोधन नभएमा विभिन्न चरणका आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने जनाएको छ । 

काठमाडौं:    नेपाल सरकारले पहिलो पटक आयोजना गरेको सगरमाथा संवाद २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै आइतबार सम्पन्न भएको छ । ‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य&...

थप पढ्नुहोस्

मुगु: मुगुको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकाको वन क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि याम सुरु भएको छ । यार्सा सङ्कलनको समय सुरु भएसँगै गाउँपालिकाले यही जेठ १३ ...

थप पढ्नुहोस्

काठमाडौं:  भारतीय अभिनेत्री तथा उत्कृष्ट नृत्याङ्गना नोरा फतेहीले शनिबार बौद्धस्थित हायात मैदानमा आयोजित ‘नोरा फतेही लाइभ इन नेपाल’ कार्यक्रममा आफ्नो जादुमयी प्रस्तुतिमार्फत हजारौँ नेपाली दर्शकल...

थप पढ्नुहोस्