अन्नपूर्ण म्याराथनको पाँचौ संस्करण जेठ २० गते

पुरस्कार राशी १ लाख ५० हजार

पाेखरा | जेठ २, २०८२

अन्नपूर्ण म्याराथनको पाँचौ संस्करण जेठ २० गते

पोखरा:   अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजनामा हुने पाँचौ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० गते हुने भएको छ । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले आज पोखरामा पत्रकार सम्मेलन गर्दै पाँचौ संस्करणको म्याराथनबारे जानकारी दिएको हो । 


समितिका अध्यक्ष ललित गुरुङले म्याराथनको ९० प्रतिशत तयारी पूरा भएको बताए । ‘म्याराथनको ९० प्रतिशत तयारी पूरा भइसकेको छ, प्रतियोगितामा, महिला तथा पुरुषतर्फ छुट्टाछुट्टै प्रतिस्पर्धामा स्वदेशी तथा विदेशी धावकले नाम दर्ता गराउने क्रम जारी छ, अध्यक्ष गुरुङले भने, ‘अहिले सम्म १० विदेशी धावकसहित ६० जनाले नाम दर्ता गराइसकेका छन् ।’


उनले फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले सन् १९५० जुन ३ मा अन्नपूर्ण हिमाल (८०९१ मिटर) सफलतापूर्वक आरोहण गरेको ७५ औं वर्षगाँठको म्याराथन पनि हीरक महोत्सवको रुपमा मनाइने बताए । 


प्रतियोगिताको महिला तथा पुरुष दुवै विधाका विजेताले समान १लाख ५० हजार, द्धितिय हुनेले १लाख र तृतीय हुनेले ७५ हजारसहित पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै प्रतियोगितामा सहभागिता जनाउन एक धावकलाई ७ हजार दर्ता शुल्क निर्धारण गरिएको छ । 


प्रतियोगितामा अन्नपूर्ण गाउँपालिकाबाट सहभागिता भएर प्रथम हुने,गण्डकी प्रदेशबाट प्रथम हुने धावक, महिलातर्फ निरन्तर ३ पटकसम्म सहभागी हुने धावक र विदेशी महिला तथा पुरुष धावकलाई विशेष पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ । 


प्रतियोगितामा ७५ औं स्थान प्राप्त गर्ने धावकलाई डायमण्ड जुब्ली अवार्ड प्राप्त गर्नेछन् । अन्नपूर्ण आधारशिविर (४१३० मिटर) बाट सुरु हुने म्याराथन माछापुच्छ्रे आधारशिविर, देउराली, दोभान, बम्बो, छोम्रोङ, किम्रोङखोला, उरी हुँदै घान्द्रुकस्थित श्री मेश्राम वराह माविको खेल मैदानमा सम्पन्न हुनेछ। म्याराथनको दूरी ४२.१९५ किलोमिटर हुनेछ। यस म्याराथनलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने लक्ष्यसहित अल्टिमेट एडभेन्चर नेपालले प्राविधिक व्यवस्थापन गर्नेछ। 

 

म्याराथनकै अवसरमा “अन्नपूर्ण पत्रकारिता पुरस्कार–२०८२” पनि प्रदान गरिनेछ। अन्नपूर्ण गाउँपालिकाको पर्यटन प्रवर्द्धनमा सञ्चार माध्यममार्फत योगदान गरेका पत्रकारलाई उक्त पुरस्कार दिइनेछ। साथै, विविध सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना गरिनेछन्।


कार्यक्रम सम्पन्न गर्न करिब ३८ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्