तनहुँमा थपिए सात हजार ५४ नयाँ मतदाता
तनहुँ | साउन २२, २०७९
तनहुँमा सात हजार ५४ नयाँ मतदाता थपिएका छन् । स्थानीय तहको निर्वाचनपछि सञ्चालन गरिएको मतदाता नामावली सङ्कलन अभियानबाट ती मतदाता थपिएका हुन् ।
सरकारले आगामी मङ्सिर ४ गते प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मिति घोषणा गरेसँगै शुक्रबारदेखि मतदाता नामावली सङ्कलन स्थगित गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनुभयो ।
मतदाता दर्ताको अन्तिम दिन बिहीबारसम्म तीन हजार चार सय १२ महिला र तीन हजार ६ सय ४२ पुरुष थपिएका छन् । त्यस्तै बाहिरी जिल्लाका तीन सय ६० मतदाताले तनहुँबाट मतदाता नामावली दर्ता गरेको कार्यालयले जनाएको छ । असार मसान्तसम्म चार हजार आठ सय ८६ मतदाता थपिएकामा साउन १ देखि १९ गतेसम्म दुई हजार पाँच सय २८ मतदाता थप भएको उहाँले जानकारी दिनुभयो ।
जिल्ला निर्वाचन कार्यालयमा रहेको तीन दर्तास्थलबाट यस अवधिमा तीन हजार छ सय ४९ र जिल्ला प्रशासन कार्यालय तनहुँमा रहेको एउटा दर्तास्थलबाट तीन हजार चार सय पाँच मतदाता थपिएका छन् । “निर्वाचनको मिति घोषणा भएसँगै मतदाता नामावली सङ्कलन कार्य स्थगित भएको छ, अब हामी आन्तरिक तयारीमा जुट्छाँै,” उहाँले भन्नुभयो । स्थानीय तहको निर्वाचनपछि जिल्लामा मतदाता नामावली दर्ताका लागि सर्वसाधारणको आकर्षण थियो । मतदाता नामावली दर्ताका लागि सर्वसाधारण गाडी रिजर्भ गरेरै दमौलीसम्म आउने गरेका थिए ।
जिल्लामा हालसम्म दुई लाख ४४ हजार तीन सय ४० मतदाता कायम भएका छन् । विसं २०७९ वैशाख २९ गतेसम्म एक लाख १७ हजार एक सय ३४ पुरुष र एक सय २७ हजार दुई सय छ मतदाता छन् ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

