मिर्गौला प्रत्यारोपणमा आर्थिक अभाव

बाग्लुङ | साउन २२, २०७९

मिर्गौला प्रत्यारोपणमा आर्थिक अभाव

 

बागलुुङको ताराखोला गाउँपालिका-५ करिमेलाका २५ वर्षीय सङ्कल रोका मिर्गौला रोगबाट ग्रस्त हुनुहुन्छ । दुवै मिर्गौलाले काम गर्न छाडेपछि उहाँमा अर्कैको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्था छ । छ महिनाअघि रोजगारीका लागि विदेश जानुपूर्व स्वास्थ्य जाँच गर्दा रोकामा मिर्गौलाको समस्या देखिएको थियो ।

 

त्यसअघि तीन वर्ष कतार र एक वर्ष युएईमा काम गरेर फर्कुनभएका उहाँ पुनः रोजगारीका लागि बहराइन जाने तयारीमा हुनुहुन्थ्यो । अकस्मात मिर्गौलामा समस्या देखिएपछि उहाँ विदेश जान नपाई घर फर्कनुप¥यो । कमाउन विदेश हिँड्नुभएका रोका उल्टै बिरामी परेर घर फर्केपछि परिवारमा पनि समस्या आइपरेको छ ।

 

मिर्गौलाको महँगो उपचार र प्रत्यारोपण कसरी गर्ने भन्ने पिरलो थपिएको छ । न्यून आय भएको उहाँको परिवारले उपचार खर्च धान्न सक्ने स्थिति छैन । शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्र र वीर अस्पताल काठमाडौँमा स्वास्थ्य जाँच गराउँदा चिकित्सकले दुवै मिर्गौलाले काम नगरेको बताएका थिए ।

 

रोकामा मिर्गौला प्रत्यारोपण नै गर्नुपर्ने भएपछि आवश्यक खर्चको जोहोका लागि परिवारजनले सहयोगको याचना गरेका छन् । आमा बिरमाको मिर्गौला दान दिने तयारी गरे पनि स्वास्थ्य जटिलताका कारण चिकित्सकले दिन नमिल्ने बताएको रोकाका बुबा भीमबहादुरले बताउनुभयो ।

 

भीमबहादुरले मिर्गौला दिने दाताको खोजी भइरहेको बताउनुभयो । “मिर्गौला दिने कोही त भेटिनुहोला, तर उपचार खर्च हामीसँग छैन, छोरालाई कसरी बचाउने भन्ने चिन्ता छ”, उहाँले भन्नुभयो, “सबैसँग सहयोगका लागि अनुरोध गरेका छौँ ।” 

 

परिवारको आग्रहमा स्थानीय नवसिर्जना र असारे युवा क्लबले आर्थिक सहयोग अभियान सुरु गरेको नवसिर्जना युवा क्बलका अध्यक्ष पूर्णभद्र न्युरेले बताउनुभयो । आर्थिक सहायताका लागि सङ्कल रोकाका नाममा प्रभु बैङ्कमा रहेको खाता नं. ०६००१५१२५३२०००१६ रकम जम्मा गर्न सकिने जनाइएको छ । 

पोखरामा सम्पन्न चौथो मनुश्री भिग्नजीत जुनियर राष्ट्रिय टेनिस प्रतियोगितामा पोखराका दर्शिल श्रेष्ठ र काठमाण्डौकी सारा पन्तले दुई स्वर्ण जितेका छन् ।   दर्शिलले १६ वर्ष मुनिको ब्वाइज सिंगल र ब्वाइज डबल्सतर्फको...

थप पढ्नुहोस्

पोखरा:   नेपाल पत्रकार महासंघ कास्कीले पत्रकारहरुका लागि अदालती रिपोर्टिङ सम्बन्धी तालिम दिएको छ ।    मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशको सहयोगमा पत्रकारको क्षमता वि...

थप पढ्नुहोस्

पोखरा:   गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बुुद्ध दर्शनलाई विश्वभर फैलाएर नेपालले लाभ लिन सक्नुपर्नेमा जोड दिनुभएको छ ।   लुम्बिनी विश्वविद्यालय, लुम्बिनी अनुसन्धान केन्द्रले पोखरामा बौद्ध स...

थप पढ्नुहोस्