केपी ओली कप क्रिकेट: गण्डकी हिरोज र हिमालयनको जित

पाेखरा | चैत २७, २०८१

केपी ओली कप क्रिकेट: गण्डकी हिरोज र हिमालयनको जित

पोखरा: पोखरामा जारी केपी ओली कप टी२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता जारी रहँदा समूह ‘बि’ मा गण्डकी हिरोज र हिमालयन क्रिकेट एकेडेमीले जित हासिल गरेको छ । 


मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालामा भएको प्रतियोगिताको पाँचौ दिनमा गण्डकी हिरोजले ग्रेट हिमालयलाई १० विकेटले हराएको छ । 


१०३ रनको विजयी लक्ष्य पाएको गण्डकी हिरोजले १२ ओभरमा विना विकेटको क्षतिमा १०६ रन बनायो । ओपनर साकिब हकले ५३ रनको अविजित अर्धशतकीय पारि खेले । उनले ४३ बलमा ७ चौका र २ छक्का प्रहार गरे । अर्जुन कुमालले ४६ रनको अविजित पारी खेले । उनले २९ बलमा ९ चौका प्रहार गरे । 


त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको ग्रेट हिमालय क्रिकेट एकेडेमीले १८.४ ओभरमा १०२ रन बनाउँदा अल आउट हुन पुग्यो । 


ओपनर इशान पाण्डे शुन्यमै पेभिलियन फर्किए । कृष कार्की ४ रनमा क्याच आउट भए । उत्तम रंघु थापा मगर १८ रनमा क्याच आउट भए । उनले १७ बलमा ४ चौका प्रहार गरे । दिनेश बुढामगर ४ र अभिषेश थापा १४ रनमा आउट भए । अशोक पौडेल ६ रन बनाउँदा दिपक केवत १७ रनमा बोल्ड भए । उनले २१ बलमा १ चौका र १ छक्का प्रहार गरे । चन्द्रकान्त पौडेल १ रनमै एल्बी डब्लु भए । सन्दिप पराजुली ७ रनमा आउट भए । 


गण्डकीका लागि कृष्ण पौडेलले ४ ओभरमा २५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । अमृत गुरुङले ४ ओभरमा १ मेडनसहित १८ रन खर्चेर ३ तथा नारायण जोशीले ३.४ ओभरमा १ मेडनसहित १४ रन खर्चेर २ विकेट लिए । सुदिप अर्यालले १ विकेट लिए । गण्डकीको यो दोस्रो जित हो । 


यस अघि गण्डकीले चितवनलाई ४ विकेटले हराएको थियो । ग्रेट हिमालयको यो दोस्रो हार हो । यस अघि हिमालयन क्रिकेट एकेडेमीसंग २ विकेटको हार व्यहोरेको थियो । 


सोही समूह तर्फ बुधबार भएको दोस्रो खेलमा हिमालयन क्रिकेट एकेडेमीले ६ विकेटको जित हात पारेको छ । 


११९ रनको विजयी लक्ष्य पछ्याएको हिमालयनले १२.४ ओभरमा ४ विकेट गुमाउँदै ११९ रन बनायो ।


 हिमालयनको जितमा दिपक बोहोराले ८० रनको अविजित उत्कृष्ट पारी खेले । उनले ४८ बलमा ८ चौका र ५ छक्का प्रहार गरे । ओपनर दिपक बोहोरा ‘बि’ १० रनमा आउट भए । खडक बोहोराले १२, सोनु देवकोटाले २ र हिमाल दौल्याल १० रनमा आउट भए । अर्का दिपक बोहोरा शुन्यमा नटआउट रहे । चितवनका लागि दिपेश श्रेष्ठले २ तथा किरण गुरुङ र विशाल खत्रीले १÷१ विकेट लिए । 


त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको चितवन क्रिकेट क्लब १८.१ ओभरमा ११८ रनमा अलआउट हुन पुग्यो । ओपनर गोविन्द विक ७ रनमा बोल्ड भए । सुर्यान्सु कोइराला १ रनमा क्याच आउट भए । आशुतोष घिरैयाले अर्धशतकीय इनिङ खेल्दै क्याच आउट भए । 


उनले ४१ बलमा ६ चौका र २ छक्काको मद्धमा अर्धशतक बनाए । प्रतिक श्रेष्ठ ३८ रनमा क्याचआउट भए । उनले २२ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । विवेक राना मगर ५ र गौतम केसी १ रनमा क्याच आउट भए । रोशन झा २, दिपेश श्रेष्ठ ३, कमल परियार ८, विशाल खत्री १ रनमा आउट भए । 


हिमालयनका लागि प्रकाश जैशीले ४ ओभरमा ११ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । उनी खेलको प्लेयर अफ दी म्याच घोषित भए । दिपक चन्दले ३ तथा प्रतिश जिसी र दिपक बोहोरा ‘बि’ ले १÷१ विकेट लिए । हिमालयनको यो दोस्रो जित हो भने चितवनको यो दोस्रो हार हो । 


समूह ‘बि’ मा गण्डकी हिरोज र हिमालयनको समान ४–४ अंक रहेको छ । सेमीफाइनल प्रवेशका लागि भोलि यि दुइ टिम भिड्ने छन भने चितवन र ग्रेट हिमालयनको भने अन्तिम चारको सम्भावना सकिएको छ । भोलि चितवन र ग्रेट हिमालय बिच प्रतिष्ठाको खेल हुनेछ । 
 

काठमाडौं:  वैदेशिक रोजगार व्यवसायीहरूको छाता संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा भुवनसिंह गुरूङ निर्वाचित हुनुभएको छ । सङ्घको आज बिहान सम्पन्न मतपरिणममा गुरूङले अर्को उम्मेदवार नरेश...

थप पढ्नुहोस्

मुस्ताङ:  कोरला नाकाबाट घरायसी प्रयोजनका लागि चाहिने मालसामान ल्याउन कुनै रोकावट नभएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ ।  लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको संयुक्त आयोजनामा शुक्रब...

थप पढ्नुहोस्

तनहुँ: तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट अहिले ३० मेगावाट मात्रै विद्युत् उत्पादन हुने गरेको छ ।  ६९ मेगावाट क्षमताको यस केन्दबाट हाल ३०  मेगावाट अर्थात् ...

थप पढ्नुहोस्