पिसिएममा शिक्षण र सिकाइ: चुनौती र रणनीति विषयक कार्यशाला
पाेखरा | चैत २३, २०८१
पोखरा: पोखरा कलेज अफ म्यानेजमेन्टले ‘शिक्षण र सिकाइ: चुनौती र रणनीति’ विषयमा एक दिवसीय कार्यशाला कार्यक्रम सम्पन्न गरेको छ ।
पोखरा इभेन्ट सेन्टरमा आयोजित उक्त कार्यशालामा कूल ४० जना शिक्षक तथा कर्मचारीहरूले सहभागिता जनाएका थिए ।
कार्यशालाको उद्घाटन गर्दै कलेजकी प्रिन्सिपल लीना नेगी श्रेष्ठले यस्तो कार्यक्रमले शिक्षकहरूलाई सशक्त बनाउने र विद्यार्थी केन्द्रित शिक्षण विधिबाट गुणस्तरीय शिक्षाको प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरिन् ।
कार्यशालामा प्रशिक्षक दीपेन्द्र पहारीले सहजीकरण गरे । उनले विविध सिकाइ शैली र विद्यार्थी संलग्नता, प्रविधि समायोजन र डिजिटल उपकरणहरूको प्रयोग, मूल्याङ्कनका कठिनाइहरू तथा शिक्षकको कार्यभार र पेशागत विकास जस्ता समसामयिक शैक्षिक चुनौतीहरूमाथि प्रस्तुती दिएका थिए ।
कार्यक्रमको अन्त्यमा बीसीएसआईटी संयोजक हरि बरालले समापन मन्तव्य व्यक्त गर्दै यस्ता कार्यशालाले शिक्षण विधिमा नवीन सोच र अभ्यासको विकास हुने उल्लेख गर्नुभयो। कार्यक्रमको सञ्चालन बीबीएका संयोजक सरोज कुँवरले गरेका थिए ।
पोखरा विश्वविद्यालयसँग सम्बन्धन प्राप्त पोखरा कलेज अफ म्यानेजमेन्ट सन् २००२ मा स्थापना भएको हो । कलेजले ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन, ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन इन फाइनान्स तथा ब्याचलर इन कम्प्युटर सिस्टम एन्ड इन्फरमेसन टेक्नोलोजी कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन...
गण्डकी: मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डमा ठाउँपिच्छे परेका खाल्डाखुल्डीका कारण यातायात सञ्चालनमा जोखिम बढेको छ । पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु...
काठमाडौं: सरकारले जेन–जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयमा आज बसेको बैठकले जेन(जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा...

