कास्कीमा थपिए आठ हजार मतदाता
पाेखरा | साउन २०, २०७९
कास्की: कास्की जिल्लामा करिब आठ हजार मतदाता थपिएका छन् । नयाँ मतदाताका लागि कास्की जिल्लामा १२ हजारले आवेदन दिएकामा चार हजार अन्य जिल्लाको रहेको पोखरास्थित प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुभयो ।
निर्वाचन आयोगले मतदाता नामावली थप्नका लागि देशका जुनसुकै निर्वाचन कार्यालयमा आवेदन दिन सक्ने व्यवस्था गरेको थियो । बाहिर अन्य जिल्लाबाट पनि कास्कीका लागि मतदाता थपिएको हुनसक्ने उहाँले बताउनुभयो । जिल्लामा यस अघिको कूल मतदाता सङ्ख्या दुई लाख ८१ हजार ९४० थियो । जिल्लामा करिब एक हजार ८००ले मतदाता केन्द्र स्थानान्तरणका लागि आवेदन दिएको सूचना अधिकारी न्यौपानेले जानकारी दिनुभयो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

