दुई वर्ष पछि पोखरामा २८ औँ विश्व आदिवासी दिवस मनाइँदै

पाेखरा | साउन २०, २०७९

दुई वर्ष पछि पोखरामा २८ औँ विश्व आदिवासी दिवस मनाइँदै

२८ औँ विश्व आदिवासी दिवसको अवसरमा पोखरामा नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशले भव्यताका साथ मनाउने भएको छ । 

 

संघले श्रावण २४ गते आ-आफ्नो जातिय मौलिक झाँकी  सहित विशाल र्‍याली  गर्ने समेत आयोजना गरेको छ । संघले पोखरामा पत्रकार सम्मेलन गरेर कोभिडका कारणले रोकिएको  विगतको कार्यक्रमलाई निरन्तर दिँदै कार्यक्रम गर्न लागिएको जनाएको हो  । कारोना महामारीका कारणले संघले दुई वर्षदेखि कार्यक्रम गरेको थिएन् l

 

पहिचान, पहुँच, प्रतिनिधीत्वर समावेशीकरणको लागि आदिबासी जनजाति आन्दोलन जाति, भाषा अमर संस्कृति संरक्षणको लागि देश व्यापी राष्ट्रिय जागरण नाराका साथ महासंघले देश व्यापी रूपमा कार्यक्रम गर्न लागेको कास्की जिल्ला अध्यक्ष मानेन्द्र कुमार मलिले बताए । चिप्लेढुंगाबाट सुरूभएको र्‍याली नेपाल मगर संघ कास्कीको भवनमा पुगि औपचारिक कार्यक्रम गरिने  पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । 

 

संयुक्त राष्ट्र संघको आदिवासी जनजाती हेर्ने कार्यदलको सन १९८२ डिसेम्वरमा स्वीट्जरल्याण्डमा बसेको पहिलो बैठकबाट हरेक ९ अगष्ट लाई विश्व आदिबासी  दिवसका रुपमा मनाउने निर्णय भएको थियो ।

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्