थाइल्याण्डको औपचारिक भ्रमणबारे प्रधानमन्त्रीद्वारा संसद्लाई जानकारी

काठमाडाैं | चैत १८, २०८१

थाइल्याण्डको औपचारिक भ्रमणबारे प्रधानमन्त्रीद्वारा संसद्लाई जानकारी

काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बिमस्टेक शिखर सम्मेलनमा आफ्नो सहभागिताबारे संसद्लाई जानकारी गराउनुुभएको छ ।


प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कूटनीतिकसम्बन्ध स्थापना भएको ६५ वर्षपछि नेपालको प्रधानमन्त्रीको पहिलोपटक थाइल्याण्डको औपचारिक भ्रमण हुन लागेको जानकारी गराउनुभयो ।


यही चैत १९ गते मङ्गलबारबाट थाइल्याण्डमा नेपालका प्रधानमन्त्रीबाट पहिलो औपचारिक भ्रमण हुँदैछ । प्रधानमन्त्री ओलीले नेपालीको निकट छिमेकी बाहेकका देशहरुको भ्रमणमा ‘गेट–वे’को रुपमा रहेको बैङ्ककमा अहिलेसम्म औपचारिक भ्रमण नभएको सन्दर्भमा यो भ्रमण आफैंँमा महत्वपूर्ण हुने बताउनुुभयो । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीको थाइल्याण्डका नरेश र समकक्षीसँग भेटवार्ता हुनेछ ।

 
भ्रमणका अवसरमा पर्यटन र संस्कृतिसँग सम्बधित दुुई समझदारीपत्रमा हस्ताक्षर हुनेछ । यसैगरी दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा गैरसरकारी क्षेत्रबीच छ समझदारी पत्रमा हस्ताक्षर हुने कार्यक्रम छ । 


प्रधानमन्त्री ओलीले भ्रमणका अवसरमा थाइल्याण्डका प्रतिष्ठित व्यावासायिहरुसँग छलफल गर्ने र एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने जानकारी दिनुुभयो । 


प्रधानमन्त्री ओलीले ‘बिम्स्टेक’ शिखर सम्मेलनलाई यही चैत २२ गते सम्बोधन गर्नुहुनेछ । यसैगरी प्रधानमन्त्री ओलीले शिखर सम्मेलनका क्रममा भाग लिन आउनुहुने सदस्य राष्ट्रका नेताहरूसँग सम्भव भएसम्म साइडलाइन वार्ता गर्नुहुनेछ । 

म्याग्दी:  मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरमा रहेका होटल तथा रेष्टुरेष्टको क्षमताभन्दा बढी सङ्ख्यामा पर्यटक आएपछि व्यवस्थापन गर्न समस्या भएको छ ।  आठ हजार ९१ मिटरको अन्नपूर्ण हिमालको फेदीमा ...

थप पढ्नुहोस्

काठमाडौं:   अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही, दाङ्गकी तत्कालीन उपकुलपति प्राडा। सङ्गिता सिंह भण्डारीसहित १३ जनाविरुद्ध आरोपपत्र दायर गरेको छ। गैरकानुनी लाभ ल...

थप पढ्नुहोस्

पोखरा:  पर्यटन क्षेत्रको विकास र सुरक्षालाई ख्याल गर्दै होटल संघ पोखरा नेपालले पर्यटकीय लेकसाइड र ड्यासाइट क्षेत्रका विभिन्न सडक, सहायक सडक र टोलहरुलाई लक्षित गरी संयोजकहरु तोकेको छ । विभिन्न २८ वटा स्...

थप पढ्नुहोस्