राज्यविरुद्धको मुद्दामा राप्रपाका नेतासहित ११ जनालाई ५ दिन थुनामा राख्न अनुमति

काठमाडाैं | चैत १७, २०८१

राज्यविरुद्धको मुद्दामा राप्रपाका नेतासहित ११ जनालाई ५ दिन थुनामा राख्न अनुमति

काठमाडौं:  जिल्ला अदालत काठमाडौंले शुक्रबार तीनकुनेमा भएको घटनाबारे अनुसन्धान गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता रविन्द्र मिश्र, सांसद धवलशमशेर जबरासहित ११ जनालाई राज्यविरुद्ध अपराधको आरोपमा पाँच दिन थुनामा राख्न अनुमति दिएको छ ।
    
    
न्यायाधीश तारादेवी मर्हजनको इजलासले आज नेता मिश्र र सांसद जबरासहित ११ जनामध्ये १५ गते पक्राउ परेकालाई पाँच दिन र १६ गते पक्राउ परेकालाई चार दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको काठमाडौँ अदालतका श्रेस्तेदार तीर्थराज भट्राईले जानकारी दिनुभयो ।

    
जिल्ला सरकारी वकिलको कार्यालयले ती व्यक्तिमाथि प्रारम्भिक अनुसन्धानपछि राज्यविरुद्धको कसुर आकर्षित हुने देखिएकाले त्यसमा म्याद थप गर्न सुझाव दिएको थियो ।

    
जिल्ला सरकारी वकिल कार्यालयले ती ११ जनाबाहेक थप ३० जनालाई आपराधिक उपद्रव र सङ्गठित अपराधको अभियोगमा म्याद थप्न अदालतमा पेस गरेको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँका प्रमुख रामहरि शर्मा काफ्लेले जानकारी दिनुभयो ।

गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् ।   २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

थप पढ्नुहोस्

पोखरा ।    ओझेलमा परेको पातिखोला गुफाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको आयोजना हुने भएको छ ।   पातिखोला गुफा संरक्षण समितिको...

थप पढ्नुहोस्

पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । घान्द्रुकमा सोमबार भएको घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रु...

थप पढ्नुहोस्