सुरक्षा घेरामा मणिपाल, कर्मचारी तह लगाउन बोलाइयो ‘बाउन्सर’
पाेखरा | साउन १८, २०७९

पोखरा । मणिपाल शिक्षण अस्पतालमा कार्यरत कर्मचारीले श्रम ऐन २०७४ अनुसार तलबसहितको सेवा सुविधा मागेपछि अस्पताल व्यवस्थापन समितिले नीजि सुरक्षा गार्ड (बाउन्सर) अस्पताल परिसरमा तैनाथ गरेको छ ।
अस्वाभाविकरुपमा बाउन्सरसहित नेपाल प्रहरीको टोलीलाई अस्पताल परिसर र भित्रै परिचालित गरेपछि बिरामीको मानसिकतामा असर परेको र अस्पतालको वातावरणमै प्रभाव परेको नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन मणिपाल इकाईका अध्यक्ष अमृत पौडेलले बताए ।
‘अहिले यहाँ सेक्युरिटी लेखेको अपरिचित मान्छेहरु आएका छन् । अस्पताल भित्रै पनि गएर मेसमै खाना पनि खाए । र प्रहरीको फुल टाइमै मणिपाल हो भन्ने जस्तो गरेर ठुलो जत्था नै तैनाथ गरिएको छ, उनले भने, ‘प्रहरीलाई सुरक्षाको लागि भनेर कन्सिडर गर्न सकिन्छ । तर हामीले कुनै कार्यक्रम नै नगरि आउनु अस्वाभाविक हो । र त्यसमाथि बाउन्सर नै आउनु भनेको त श्रम ऐनमा उल्लेख भएको कानूनी प्रावधान मान्न पाउन्नस्, बोल्न पाउन्नस् भन्ने नै हो । हामीले अप्रत्यक्षरुपमा त्यो अभिव्यक्ति बुझेका छौं ।’
श्रम ऐनले परिच्छेद ३६ मा कर्मचारीले एक वर्ष कार्यावधि पार गरेको खण्डमा ग्रेड अनुसार वार्षिक तलब वृद्धि पाउने र हरेक दुई वर्षमा सेवासुविधाको दायरा फराकिलो बनाउनुपर्ने व्यवस्था गरेको छ ।
सोही अनुरुप गत शुक्रबार अस्पताल व्यवस्थापन समिति र कर्मचारीहरुको संगठनबीच तलब वृद्धि र सेवा सुविधाको बारेमा छलफल भएको पौडेलले बताए । द्विपक्षीय वार्ता व्यवस्थापन समितिको टोलीले कर्मचारीको माग अस्वीकार गरेपछि छलफल निष्कर्षविहिन टुङ्गिएको थियो ।
त्यसपछि केही दिनपछि बाउन्सरसहितको नेपाल प्रहरी अस्पताल परिसर र भित्रै परिचालित गरिएको पौडेलले बताए । ‘यस्तो एकपटक पहिला पनि भएको थियो । फेरि अहिले करिब १२/१५ वर्षपछि इतिहास दोहोरियो र फेरि भविष्यमा पनि दोहोरियो भने यसले राम्रो गर्दैन, उनले भने, ‘किनभने कर्मचारीको सुरक्षाको ग्यारेण्टी कसले लिने ? अस्पताल जस्तो संवेदनशिल संस्थामा म काम गर्दा, ट्वाइलेट जाँदा सुरक्षित छु कि छैन भन्ने कुरा व्यवस्थापनले सोच्नुपर्ने होइन?, के गर्दा संस्था राम्रो हुन्छ भन्ने त व्यवस्थापनले सोच्न पर्याे नी ? पौडेलको प्रश्न छ ।
कर्मचारी संगठन र व्यवस्थापनको समझदारी अनुसार तलब तथा सेवा सुविधाको वृद्धि गर्नुपर्ने ऐनले व्यवस्था गरेको छ ।
सोही अनुरुप वार्ताको क्रममा व्यवस्थापनले तलब वृद्धि नहुने अडान लिएको बताउदै पौडेलले भने, ‘हामीले ऐन अन्तर्गतकै २/२ वर्षमा तलब वृद्धि गर्ने प्रावधान अनुसार नै माग पेश गरेका थियौ । त्यसमा दुई पक्षनै बसेर अन्तिममा गएर टुङ्गिने हो । कहिले २ जना बसेर नि हुन्छ कहिले मध्यस्तकर्ता सिडिओ कार्यालय अथवा श्रम विभागपनि जान्छ, उनले भने, ‘तिमिहरुको तलब वृद्धि चाँही हुदैन । र ऐनमै नभएको कुरा र कहि प्राक्टिसमै नभएको कुरा गर्दाचाही यो खैलाबैला निस्किएको हो ।’
हाल मणिपाल शिक्षण अस्पतालमा ५ सय ७३ जना ननटिचिङ डाक्टरहरु १ सय बढी डाक्टरहरु कार्यरत छन् ।
पोखरा: नेपाल पत्रकार महासंघ कास्कीको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा आयोजित ३ दिने फोटो तथा मोबाइल पत्रकारिता तालिम सम्पन्न भएको छ । समापन समारोहमा बोल्दै जिल्ला समन्वय समिति कास्कीका प्रम...
पोखरा: गण्डकी प्रदेश सरकारले आज (बुधबार) आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ। प्रदेश प्रमुख डिल्लीराज भट्टले दिउँसो १ बजे प्रदेश सभामा नीति तथा कार्यक्रम ...
काठमाडौं: सङ्घीय संसदको दुवै सदनको बैठक बुधबार बस्दैछ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ । आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘ आर्थिक बर्ष २०८२/८३ क...