ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
भक्तपुर | फागुन २८, २०८१
भक्तपुर: अरनिको राजमार्ग खण्ड अन्तर्गत यहाँको मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरचोकमा आज ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १८८४ नं को ट्रकले सोही दिशातर्फ जाँदै गरेको बा ३१ प ४४४ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक भक्तपुर नगरपालिका–६ बस्ने ३६ वर्षीय श्यामकृष्ण कायस्थको मृत्यु भएको प्रहरी वृत्त थिमिले जानकारी दिएको छ ।
प्रहरीले ट्रक चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–६ घर भई हाल मध्यपुरथिमि–३ सागबारी बस्ने ४७ वर्षीय चन्द्रलाल शाक्यलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

