समिर सुनचाँदीलाई पार्क भलिबलको उपाधि, सञ्जु सर्वोत्कृष्ट खेलाडी
पाेखरा | फागुन २४, २०८१

पोखरा: पोखरामा सम्पन्न भएको पहिलो पार्क पुरुष भलिबल प्रतियोगिताको उपाधि समिर सुनचाँदी पसलले जितेको छ ।
चिर्को युनिटी पोखराको आयोजना र पोखरा भलिबल प्रशिक्षण केन्द नदीपुरको संयोजनमा भएको पहिलो पार्क पुरुष भलिबल प्रतियोगिताको उपाधि समिर सुनचाँदी पसलले जितेको हो ।
पोखरा महानगपालिका–३ नदीपुरस्थित छन्त्याल समाजको भलिबल कोर्टमा भएको फाइनल खेलमा समिर सुनचाँदी पसलले पर्वतको पकुवालाई ३–१ को सेटमा पराजित गदैै उपाधि जितेको हो ।
समिर सुनचाँदीले पहिलो सेट २५–१९ ले जितेको पनि दोस्रो सेट २८–३० ले गुमाएको थियो । तेस्रो सेट २५–२१ र चौथो सेट २५–१९ ले जित्दै समिर सुनचाँदीले पहिलो पार्क पुरुष भलिबलको उपाधि जितेको हो ।
उपाधि जितेको समिर सुनचाँदीले ६० हजार र उपविजेता पर्वत पकुवाले ३५ हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरे ।
विधागततर्फ सञ्जु विक्रम शाह सर्वोत्कृष्ट
यस्तै विधागतर्फ समिर सुनचाँदी पसलका सञ्जु विक्रम शाह सर्वोत्कृष्ट खेलाडी घोषित भए ।
यस्तै समिर सुनचाँदीका देवेन्द्र परियार उत्कृष्ट सेटर, रमेश गुरुङ ब्लकर, पर्वत पकुवाका रिम गुरुङ उत्कृष्ट डिफेन्डर, साहिल क्षेत्री सर्भर, पर्वत पकुवाका सन्दिप बस्याल उत्कृष्ट स्पाइकर र समिर सुनचाँदीका समिर विश्वकर्मा उत्कृष्ट प्रशिक्षक घोषित भए । उनीहरुले ट्रफी प्राप्त गरे ।
चिर्को युनिटी पोखराको आयोजना र पोखरा भलिबल प्रशिक्षण केन्द नदीपुरको संयोजनमा भएको पहिलो पार्क पुरुष भलिबल प्रतियोगिता फागुन २० देखि २४ गतेसम्म सञ्चालन भएको थियो ।
पोखरा: नेपाली समाज अनि संस्कृतिको बारेमा गहन अध्ययन गरेका वेलायतका प्राध्यापक डेविड गेल्नरले शुक्रबार पोखरामा यसबारे चर्चा गरेका छन् । अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक गेल्नरले नेपाली दलित सम...
काठमाडौं: सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने भएको छ । पेन्सन वा उपदानको सट्टा उक्त प्रणाली लागू गर्न लागिएको अर्थ मन्त्रालयले ज...
पोखरा: देशभरका सुनचाँदी व्यवसायीहरुले एकसातादेखि पसलमा ताला लगाएर सुनचाँदीमा लगाएको ‘विलासी कर’ को खारेजी माग राखेर विरोध गरिरहेका छन् । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र स...