न्यूरोडको उपहार फर्निचरको गोदाममा आगलागी
पाेखरा | फागुन २४, २०८१
पोखरा: पोखरा न्यूरोडस्थित उपहार फर्निचरको गोदाममा आज बिहान आगलागी भएको छ ।
आज बिहान फर्निचरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
कास्की प्रहरीका अनुसार पोखरा न्यूरोडस्थित १४ नम्बर सडकमा दिपक मानन्धरले सञ्चालन गरेको फर्निचरमा आगलागी भएको हो । प्रहरी, शसस्त्रप्रहरी, स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको छ ।
आगलागीबाट फर्निचरमा रहेका तयारी सामग्रीहरु र काठहरुमा जलर क्षति भएको छ । आगलागीको कारण र क्षतिको विवरण भने खुल्न बाँकी छ ।
बैतडीः आसन्न निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएको बैतडीको सीमानाका झुलाघाट तीन दिन बन्द हुने भएको छ । मतदान हुनुभन्दा ७२ घण्टा पहिलादेखि सीमानाका बन्द हुने प्रमुख जिल्ला अधिकारी कृष्ण था...
गोरखाः चट्याङ लागेर गोरखा बुंकोटमा एक जना बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आज दिउँसो ४ बजेतिर परेको चट्याङ लागेर सहिद लखन गाउँपालिका–८ बुंकोटकी १२ बर्षीया दिलिशा घर्ती मगरको मृत्य...
काठमाडौंः फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइए रु दुई लाख बराबरको जरिवाना हुने भएको छ । सङ्घीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार...

