प्रतिनिधि सभाको बैठक जारी
काठमाडाैं | साउन १७, २०७९
काठमाडौं । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभाको बैठक सुरु भएको छ ।
मङ्गलबार दिउँसो १ बजेबाट सुरु भएको बैठकमा प्रतिनिधिसभामा उत्पत्ति भएको खानेपानी तथा सरसफाई विधेयक २०७७ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने छ ।
सङ्घीय संसदको महासचिपव डा। भरतराज गौतमले प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाबाट सन्देसहित प्राप्त शपथसम्बन्धी विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको जानकारी दिनुभयो ।
त्यस्तै, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त स्टाण्डर्ड नाप र तौल ९पाचौं संशोधन० विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।
यसैगरी, मन्त्री बडूले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त प्रत्यायन विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्नुहुने ।
प्रधानमन्त्री देउवाले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त तथ्याङ्क विधेयक, २०७८ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

