पोखरामा पहिरोमा परी सन्तोषको मृत्यु
पाेखरा | साउन १६, २०७९
तस्बिर फाइल
पोखरा महानगरपालिका-६ डिहिकोपाटनमा पहिरोले घर पुरिंदा एक जनाको मृत्यु भएको छ ।
गएराति करिब १ बजे पहिरोमा परेर लक्ष्मी खड्का क्षेत्रीको घरमा डेरा गरी बस्ने २६ वर्षीय सन्तोष सुनारको मृत्यु भएको हो, एक जना घाइते भएका छन ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं.१ भुर्जुङखोला तातोपानी घर भएका उनलाई १ बजेर ५५ मिनेटमा उद्धार गरी पश्चिम क्षेत्रीय अस्पताल पठाइएको थियो । सन्तोषलाई डाक्टरहरुले उपचारको क्रममा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पहिरोमा परेर सन्तोषकी दिदी २७ वर्षीया सुनिता सुनार घाइते भएको र उनकी १० वर्षीया छोरी सिम्रन सुनारको सकुसल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । । घाइते सुनारको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेको बाहिरी चोट नदेखिएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
पहिरोको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी नायव उपरीक्षक डिएसपी सुन्दर तिवारीको कमाण्डमा २५ प्रहरी र सशस्त्र प्रहरी बल कालिका गणका इन्सपेक्टर उमेश ढकालको कमाण्डमा १५ जनाको टोली उद्धारमा खटिएको थियो ।
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

