पूर्वेली एफसीलाई भिमप्रसाद स्मृति मुस्ताङ कपको उपाधि

प्रतियोगिताले मुस्ताङबासीलाई एकताको सुत्रमा बाँधेको छ: प्रदेश सांसद शेरचन

पाेखरा | फागुन ३, २०८१

पूर्वेली एफसीलाई भिमप्रसाद स्मृति मुस्ताङ कपको उपाधि

पोखरा:  मुस्ताङ युथ फेमेलीले आयोजना गरेको पहिलो संस्करणको ‘मुस्ताङ कप भिमप्रसाद गौचन स्मृति फाइभ ए साइड फुटसल प्रतियोगिता’ को उपाधि पूर्वेली एफसीले जितेको छ । 

 

पोखरा महानगरपालिका ११ स्थित रानीपौवा स्पोर्टस् सेन्टरमा आज (शनिबार) भएको फाइनल खेलमा जिसिबिएसलाई ३–१ गोल अन्तरले पराजित गर्दै पूर्वेलीले उपाधि जितेको हो ।

 

उपाधिसँगै पूर्वेलीले नगद रु ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । यस्तै उपविजेता बनेको जिसिबिएसले नगद रु २५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे ।

 

कुल ८ टिमको सहभागिता रहेको सो प्रतियोगिताबाट जिसिबिएसका वाङ्गेल गुरुङ सर्वाेत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत भए ।

 

 

यस्तै पूर्वेलीका सन्देश राई सर्वाधिक गोलकर्ता (५ गोल), तथा सोही टिमकै सुवास गुरुङ उत्कृष्ट गोलरक्षक बने । 

 

प्रतियोगिताको विजेता तथा उपविजेता टिमका खेलाडीहरुलाई समापन समारोह तथा पुरस्कार वितरण समारोहका प्रमुख अतिथिसमेत रहेको गण्डकी प्रदेश सभा सदस्य विकल शेरचन, स्व. भिमप्रसाद गौचनका परिवार, जिल्ला खेलकुद विकास मुस्ताङका उपाध्यक्ष असिम शेरचन, कार्यक्रम संयोजक टासी गुरुङ, प्रायोजकहरु लगायतले पुरस्कार वितरण गरे । 

 

सो अवसरमा बोल्दै प्रदेश सांसद शेरचनले उक्त प्रतियोगितालाई निरन्तरता दिनुपर्नेमा जोड दिए । 

 

उनले आगामी वर्षमा हुने दोस्रो संस्करणको प्रतियोगितालाई भव्य बनाउनका लागि आफ्नो तर्फबाटपनि सहयोग गर्ने प्रतिबद्धता जनाए । 

 

उनले प्रतियोगिताले मुस्ताङबासीलाई एकताको सुत्रमा बाँध्ने उल्लेख गरे ।
 

 

‘यो प्रतियोगिता केवल प्रतियोगिता मात्र नभएर मुस्ताङबासीलाई एकताको सुत्रमा बाँध्ने एउटा माहौल भएको छ, उनले भने, ‘त्यसैले यो प्रतियोगिता आगामी वर्षपनि परिस्कृत गर्दै आयोजना गर्न आवश्यक छ । त्यसका लागि म मेरो तर्फबाट पनि सहयोग गर्न तयार छु ।’
 

काठमाडौं:  प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण भएको छ । आज यहाँ आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा लेखक शाक्य, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उ...

थप पढ्नुहोस्

झापा: भारतको उडिसास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट)मा अध्ययनरत २० जना विद्यार्थी काँकरभिट्टा नाका हुँदै नेपाल फर्किएका छन् ।      गत फागुन ६ गतेदेखि सो नाका हुँद...

थप पढ्नुहोस्

सप्तरी:  भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी कुम्भमेलाबाट घर फर्किएका यहाँका चार जनाको सवारी दुर्घटना मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् । उत्तर प्रदेशका गोरखपुर लिङ्क रोडमा गए राति भएको...

थप पढ्नुहोस्