सङ्घीयताको विकल्प सोच्नु हुँदैन : उपाध्यक्ष शाक्य

लमजुङ | साउन १५, २०७९

सङ्घीयताको विकल्प सोच्नु हुँदैन : उपाध्यक्ष शाक्य

नेकपा (एमाले)का केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सङ्घीय लोकतान्त्रिक, गणतन्त्र नेपाल भनेर संविधानमै लेखिसकेको र अहिलेको आवश्यकता नै सङ्घीयता भएकाले विकल्प सोच्न नहुने बताउनुभएको छ । 

 

एमाले जिल्ला शाखा लमजुङद्वारा आज बेँसीसहरमा आयोजित प्रशिक्षणमा उहाँले भन्नुभयो, “अहिले आएर यदाकदा सङ्घीयता चाहिँदैन भनेर सङ्घीयता कमजोर बनाउन धेरै खर्च भयो, अप्ठ्यारो भयो भन्दै अनेकौँ टिकाटिप्पणी उठाउँदै सङ्घीयता विरोधी सक्रिय हुन थालेका छन् । काम गर्ने ढङ्ग, शैली, पारदर्शिता भएको भए त सङ्घीयता नराम्रो लाग्दैन थियो होला नि ।” देशको विकासका लागि सङ्घीयता नै अहिलेको आवश्यकता रहेको उहाँको भनाइ छ । 

 

त्यस्तै एमाले उपमहासचिव  पृथ्वीसुब्बा गुरुङले आगामी निर्वाचनमा एमालेले ५१ प्रतिशत सिट जित हासिल गर्न सकेमा एमालेले देखेको समृद्ध नेपाल, सुखी नेपालीको सपना पूरा हुने बताउनुभयो । आगामी निर्वाचनमा एमालेको बहुमत ल्याउनका लागि सबै कार्यकर्ता नेता एकजुट भएर लाग्नलाई उहाँले आग्रह गर्नुभयो । त्यस्तै स्थानीय निर्वाचनमा आफ्नै पार्टीमाथि डोजर चलाउनेहरूलाई कडा कारबाही गर्ने एमाले उपमहासचिव गुरुङले भन्नुभयो । 

 

कार्यक्रममा एमाले केन्द्रीय सदस्य मायानाथ अधिकारी, टुकाभद्र हमाल, केन्द्रीय कार्यालय सचिव भीष्मनाथ अधिकारी, गण्डकी प्रदेश कमिटी सचिव धनञ्जय दबाडी, प्रदेश सदस्य मोहनहरि पौडेललगायतले प्रशिक्षण दिनुभएको थियो । 

पोखरा:  पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...

थप पढ्नुहोस्

पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...

थप पढ्नुहोस्

म्याग्दी:  म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

थप पढ्नुहोस्