सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी
काठमाडाैं | माघ २६, २०८१

काठमाडौं: काठमाडौँको सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी भएको छ ।
सिंहदरबार प्रहरीका अनुसार खानेपानी मन्त्रालयको चौथो तलामा आज बिहान पौने ८ः३५ बजे आगलागी भएको हो । उक्त तलामा खानेपानीमन्त्रीको कार्यकक्ष समेत रहेको थियो ।
सिंहदरबार सुरक्षा गणका प्रमुख, प्रहरी नायब उपरीक्षक दिनेश घिमिरेले बारुणयन्त्रको सहायताले आगलागी नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।
उक्त मन्त्रालयको भवनभित्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेत रहेको छ । आगलागी के कारण भयो भन्नेबारे खुलेको छैन ।
धादिङ: जेनजी आन्दोलनमा प्रहरीसँग विवाद गरी भाइरल भएका युवा आमाकै हत्या आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ थापाकटेरीकी ३० वर्षीय य...
झापा : एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिँदा नेपाल प्रहरीका सहायक हवल्दारको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ जिल्ला केराबारी गाउँपालिका –२ घर भई जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत ...