सवारी साधनबाट ७१ लाख ४२ हजार राजस्व सङ्कलन

स्याङ्जा | साउन १४, २०७९

सवारी साधनबाट ७१ लाख ४२ हजार राजस्व सङ्कलन

 

स्याङ्जा:    जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले सवारी कारबाहीबाट रु ७१ लाख ४२ हजार पाँच सय राजस्व सङ्कलन गरेको छ । कार्यालयले आव २०७८/७९ मा नौ हजार नौ सय १६ सवारी साधनलाई कारबाही गरी उक्त राजस्व सङ्कलन गरेको हो ।

 

सिट क्षमताभन्दा बढी यात्रु चढाउने, चालक अनुमतिपत्र विना सवारी चलाउने, तीव्र गतिमा चलाउने, अनावश्यक हर्नको प्रयोग गर्ने, सवारीको स्वरुप परिवर्तन गर्ने, अनावश्यक स्टिकर टाँस्ने, अस्पष्ट नम्बर प्लेट भएका सवारी साधनलाई कारबाही गरिएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख मीनबहादुर कुँवरले जानकारी दिनुभयो ।

 

गत आवको असारमा मात्रै कार्यालयले सबैभन्दा धेरै एक हजार छ सय १३ विभिन्न सवारी साधनलाई कारबाही गर्दा रु ११ लाख ३७ हजार पाँच सय राजस्व सङ्कलन गरेको थियो ।

 

कार्यालय प्रमुख कुँवरका अनुसार गत आव २०७८/७९ को साउनमा चार सय ७६, भदौमा पाँच सय ४४, असोजमा छ सय ८०, कात्तिकमा आठ सय १४, मङ्सिरमा छ सय ३९, पुसमा सात सय, माघमा सात सय ५०, फागुनमा आठ सय, चैतमा आठ सय ५०, वैशाखमा नौ सय ५०, जेठमा एकहजार एक सय र असारमा एक हजार छ सय १३ सवारी साधन कारबाहीमा परेका थिए ।

 

गत आवको साउनमा कारबाहीमा परेका सवारी साधनबाट कार्यालयले रु तीन लाख ३७ हजार पाँच सय, भदौमा रु तीन लाख ९५ हजार पाँच सय, असोजमा रु चार लाख ८४ हजार पाँच सय, कात्तिकमा रु छ लाख ६५ हजार, मङ्सिरमा रु चार लाख ८५ हजार पाँच सय, पुसमा रु चार लाख ८५ हजार, माघमा रु पाँच लाख ३१ हजार, फागुनमा रु पाँच लाख ७१ हजार, चैतमा रु छ लाख १४ हजार, वैशाखमा रु छ लाख ६४ हजार पाँच सय, जेठमा रु सात लाख ७१ हजार पाँच सय र असारमा रु ११ लाख ३७ हजार पाँच सय गरी कूल रु ७१ लाख ४२ हजार पाँच सय राजस्व सङ्कलन भएको हो ।

पोखरा: हेमजा साहित्य प्रतिष्ठान नेपालद्वारा सञ्चालित राधा–लक्ष्मी पुरस्कार यस वर्ष पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण मन्दिर शान्ति आश्रमलाई प्रदान गरिएको छ ।      समाजि...

थप पढ्नुहोस्

बागलुङ:   बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...

थप पढ्नुहोस्

गुल्मी:   गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ ।  मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...

थप पढ्नुहोस्