नार्पा भूमिमा बुद्धको त्रिमूर्ति निर्माण गरिदै
मनाङ | साउन १४, २०७९
तस्बिर साभार
नार्पा भूमि गाउँपालिकामा बुद्धको त्रिमूर्ति निर्माण गरिने भएको छ । गाउँपालिकाले गुरुङ जातिको संस्कृति संरक्षण गर्ने उद्देश्यले बुद्धको त्रिमूर्ति निर्माण गर्न लागेको हो ।
नार्पा भूमिको मेता, च्याखु र नारगाउँमा बुद्धको त्रिमूर्ति निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष कोञ्जो तेञ्जिङ लामाले जानकारी दिनुभयो । उहाँका अनुसार तीन स्थानमा गुरु रिम्बोछे, छेरेसिक, तुम्बा बुद्ध गरी त्रिमूर्ति निर्माण गरिनेछ ।
मनाङमा विशेष गरी गुरुङ जाति तथा बौद्ध धर्मावलम्बीको बसोबास रहेकाले धर्म र संस्कृतिको संरक्षणमा गाउँपालिकाले योजनाअनुरुप त्रिमूर्ति निर्माण गर्न लागेकोे उहाँले बताउनुभयो । तीन स्थानमा त्रिमूर्ति निर्माणका लागि गाउँपालिकाले रु २० लाखका दरले बजेट विनियोजन गरेकोे उहाँको भनाइ थियो । बौद्ध धर्मावलम्बीको संस्कार र संस्कृति संरक्षणका लागि गुरुरिम्बोछे, छेरेसिक, तुम्बा बुद्धको मूर्ति निर्माणका लागि माग भएअनुरुप नै प्राथमिकतामा राखेर बजेटको व्यवस्थापन गरिएको बताइएको छ ।
उनीहरुको धार्मिक कार्यका लागि टाढाका बौद्ध गुम्बासम्म पुग्नुपर्ने भएकाले त्यसलाई सहज बनाइनाका साथै संरक्षण गर्न पनि प्रोत्साहन मिल्नेछ । उनीहरुले इच्छाएको स्थानमा गुरुरिम्बोछे, छेरेसिक, तुम्बा बुद्धको मूर्ति बन्ने भएपछि उक्त क्षेत्रका स्थानीयवासी हर्षित भएका छन् । मूर्ति निर्माणले संस्कृति संरक्षणमा चासो दिएको भन्दै स्थानीयवासीले स्थानीय सरकार घरघरमा आइपुगेको महसुस भएको बताए ।
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

