गुरुकुल संस्कार सिकाउने कर्मस्थल भएकाले संरक्षण जरुरी: प्रदेश प्रमुख भट्ट
पाेखरा | माघ २१, २०८१
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले गुरुकुल संस्कार सिकाउने कर्मस्थल भएकाले संरक्षणको जरुरी रहेको बताउनुभएको छ ।
श्री केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम, पोखराको आठौं वार्षिकोत्सवमा प्रमुख अतिथि भट्टले मानवीय धर्म र चेतनालाई उजागर गर्ने स्रोत नै गुरुकुल भएकाले यिनको संरक्षण र संवद्र्धन गर्नु हामी सबैको दायित्व भएको उल्लेख गर्नुभयो ।
‘गुरुकुल आशाका केन्द्र हुुन्। भरोसाका दृढ विश्वास हुुन्। संस्कार सिकाउने कर्मस्थल हुन्। गुरुकुल शिक्षाको केन्द्र मात्र नभई विद्याका केन्द्र रुपमा बुझ्नुपर्ने हुन्छ ।’ उहाँले भन्नुभयो – ‘ पछिल्लो समय मानिसहरू परम्परागत ज्ञानबाट झनै टाढा बन्दै गएका छन् । प्राचीन गुरुकुलीय शिक्षण विधि ज्यादै महत्वपूर्ण र अनुसन्धानमूलक भए पनि हामीले विस्तारै हाम्रा अमूल्य निधिलाई बिर्संदै गइरहेका छौं।’
आजको शिक्षा नीतिमा नैतिकता, आदरभाव, सम्मान, संस्कृति र संस्कारलाई मानमर्यादा गर्ने परम्पराको अभाव देखिएकाले यसलाई पूर्ति गर्न नैतिक शिक्षा वा संस्कृत शिक्षालाई अनिवार्य विषयका रूपमा पाठ्यक्रमभित्र समावेश गर्नुपर्ने मागप्रति आफू सकारात्मक रहेको उहाँको भनाई छ ।

गुरुकुललाई जीवन्त बनाउन र त्यसमा रहेको जनशक्तिलाई नेपालको शिक्षानीतिसँग जोड्न अनिवार्य रहेको भन्दै उहाँले पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत गरिएको पाठ्यक्रम अध्यापन गराएर मूूल शिक्षाको धारमा गुरुकुललाई ल्याउने सरकारको शिक्षा नीति रहेको बताउनुभयो ।
जसले गुरुकुल, गुुम्बा र मदरसालाई समेट्न प्रयास गरेको उहाँको भनाई छ ।
सांस्कृतिक, धार्मिक एवं पर्यटकीय नगरी पोखरामा फेवातालको उत्तरी तट बैदाममा अवस्थित श्री केदारेश्वर महादेव मन्दिर वि.सं. १९५० देखि १९६० को दशकमा स्वर्गद्वारी महाप्रभुका अनन्य शिष्य स्वामी शंकरा नन्दजीद्वारा स्थापित मन्दिर हो ।
स्थापनाकालदेखि नै जप, तप, ध्यान, साधनाको केन्द्रको रूपमा प्रसिद्ध यो मन्दिर आफ्नो भव्यता एवं दिव्यताले श्रद्धालुहरूका लागि आज पनि उत्तिकै आस्थाको थलोको रुपमा रहेको छ ।
यहाँ श्रावणमासमा बोलबम मेलालगायत वर्षभरिका विभिन्न चाडपर्वहरूमा विशेष उत्सवका साथ भगवद् आराधना गर्दै भक्तजनहरूमा आस्था, भक्ति, अभिवृद्धि गरिनुका साथै समय समयमा विशेष अनुष्ठानको माध्यमले सनातन संस्कृतिको प्रचारसार र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको विद्याश्रमले जनाएको छ ।

यहाँ नैतिक, चरित्रवान्, कर्मठ एवं इमान्दार नागरिक तयार पार्ने उद्देश्यका साथ अर्घाखाँची जन्म भई लामो समय काशी अध्ययन, अध्यापन गर्नुभई यो मन्दिर तथा गुरुकुललाई कर्मभूमि बनाई १० वर्ष अघिदेखि स्वामी चिद्घन चैतन्य डा. लेखनाथ आचार्यको संकल्पमा २०७३÷७४ देखि निःशुल्क आवासीय गुरुकुलको स्थापना गरिएको छ ।
यस विद्याश्रममा नेपाल सरकारको गुरुकुलीय पद्धति अनुसार दैनिक अंग्रेजी, सामाजिक, गणित, नेपाली, कम्युटर तथा संस्कृत तर्फ वेद, व्याकरण, संस्कृत भाषा, कर्मकाण्ड ज्योतिष लगायत पुराण इतिहासको पनि अध्ययन भई रहेको र सांस्कृतिक भजन किर्तन पनि दैनिक रुपमा सञ्चालन भइरहेको छ ।
यो विद्याश्रममा भर्ना हुन र अध्ययनको लागि कुनै पनि शुल्क नलाग्ने आवास, शिक्षा, भोजन, पोशाक आदी सम्पूर्ण निःशुल्क व्यवस्था छ ।
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध कारोबार, सेवन र समाजमा अशान्ति फैलाउने गतिविधि नियन्त्रण गर्न १० घण्टा लामो विशेष ‘स्वीप अपरेसन’ चलाएको छ । उक्त अपरेसनबाट १० घण्...
पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई ४ महिना १५ दिन जेल सजाय हुने भएको छ । जिल्ला अदालतको आदेशलाई उच्च अदालत पोखराले सदर गरिदिएको हो । जातीय भेदभाव...
गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् । २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

