नेपालको लगातार तेस्रो हार
काठमाडाैं | माघ २०, २०८१

काठमाडौं: महिला त्रिकोणात्मक टी–२० आई सिरिजको आजको खेलमा पनि नेपाल पराजित भएको छ।
नेपाल आजको खेलमा नेदरल्याण्डसँग १५ रनले पराजित भएको हो । टस जितेर ब्याटिङ रोजेको नेदरल्याण्ड्सले निर्धारित खेलमा ९ विकेटको क्षतिमा १ सय ४० रन बनाएको थियो ।
नेदरल्याण्ड्सले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १२५ रन मात्र बनाउन सक्यो । नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ३० रन बनाइन् । सम्झना खड्काले २३ रन जोडिन ।
नेपालका सिता रानामगरले ५, मनिषा उपाध्यायले २ र कविता जोशी र इन्दु वर्माले १र१ विकेट लिए ।
काठमाडौं: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले गएराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँले वृद्धि गरेको हो । यस्तै, मट्टितेल र डिजलमा प्रतिलिटर ...
पोखरा: कास्कीको मादी गाउँपालिका–६ का स्थानीय बामदेव बरालका १९ वर्षीय विजय बराल करेन्ट लागेर गम्घिर घाइते भएका छन् । शनिबार बिहान करिव १०ः५० बजेको समयमा बारीमा मकैको ढोडको भारी बोक्दा सुुप...
काठमाडौं: संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन स्पेनको सेभियास्थित फेबिस प्रदर्शनी केन्द्रमा आजेदखि सुरू भएको छ । सम्मेलनमा नेपालका प्रधानमन्त्री केपी ...