मेडिप्लसमा मनाइँयो ‘नेपाल नर्सिङ दिवस’
पाेखरा | माघ १५, २०८१
पोखरा महानगरपालिका–११ रानीपौवास्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरमा ‘नेपाल नर्सिङ दिवस’ मनाइएको छ ।
मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरको आयोजनामा आज हस्पिटलमा कार्यरत नर्सहरुले दिवस मनाएका हुन् ।
मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरमा आयोजित कार्यक्रममा हस्पिटलमा कार्यरत ममता थापा, सुस्मिता विश्वकर्मा र सविना माकाजुले नेपाल नर्सिङ दिवसको शुभकामना दिदैं उनीहरुले नागरिकको जिवन समर्पण गर्ने पेशामा आवद्ध हुनु आफैमा गौरवको विषय भएको धारणा राखिन् ।
यस्तै कार्यक्रममा हस्पिटलका मेडिकल डाइरेक्टर डा. सरोज पोखरेलले बिरामीको सेवा गर्ने कर्तव्य रहेको बताए ।
‘हस्पिटलमा हाम्रो कर्तव्य भनेको आफ्नो बुवाआमालाई जस्तै बिरामीको सेवा गर्ने हाम्रो कर्तव्य हो, डा. पोखरेलले भने, ‘हामीहरुको भन्दा बिरामीलाई बढी समय तपाईहरुको हुन्छ, बिरामी हस्पिटलमा आउँदा हामीले आफ्नो बुवाआमालाई जस्तै व्यवहार गर्नुपर्छ’ ।
उनले हस्पिटलको समयमा बिरामी, बिरामीका करुवा, डाक्टर लगायतले केही चर्को बोल्दा झर्को लाग्ने भएपनि आफु कार्यरत रहेको संस्थामा प्रतिवद्ध भएर लाग्दा आफु मात्र नभएर संस्था नै राम्रो हुने उल्लेख गरे ।
मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरका प्रमुख सञ्चालक अधिकृत प्रकाश विकले हस्पिटलमा कार्यरत नर्स, डा तथा कर्मचारीहरुका परिश्रमिकलाई वृद्धि गर्दै जाने बताए ।
कार्यक्रममा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरका कम्पनी सचिव गौतम पौडेलले नर्सहरुको योगदात विगतदेखि वर्तमानसम्म अतुलनीय रहेको बताए ।
‘विशेषगरी हेल्थकेयरमा नर्सहरुको योगदान विगतदेखि वर्तमानसम्म अनुलनिय छ, हिजो हस्पिटल स्थापना कालसम्म होस् या कोरोनाको समयमा अन्य अस्पतालका ढोका बन्द हुँदा हाम्रो हस्पिटलमा तपाईहरुले दिनुभएको सेवा, सचिव पौडेलले भने, ‘ हामी छिटै नै बीमासँग जोडिदै छौं, बीमासँग जोडिएपछि तपाईहरुले जुन माग राख्दै आउनुभएको छ त्यो पनि हामी पूरा गर्छौ ।’
नर्सहरुको पेशागत सुरक्षा र हकहितका लागि भन्दै २०१८ माघ १५ गते नेपाल नर्सिङ संघको स्थापना भएको थियो ।
संघकै स्थापना दिनको अवसरमा नेपाल नर्सिङ दिवस मनाउन थालिएको हो ।
पोखरा- ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ । प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गुरुङल...
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

