गोरखामा आगलागीबाट तीन घरमा पूर्ण क्षति, ११ चौपाया मरे

गोरखा | माघ ११, २०८१

गोरखामा आगलागीबाट तीन घरमा पूर्ण क्षति, ११ चौपाया मरे तस्बिर फाइल

गोरखा:     गोरखामा आगलागीबाट तीन घर जलेर पूर्ण रूपमा क्षति भएको छ । 


चुमनुब्री गाउँपालिका–६, ताजुमा बिहीबार साँझको समयमा स्थानीय कुञ्चन छिरिङको दुई तल्ले कच्ची घरसहित तीन वटा घर आगलागी भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धुब्रप्रसाद शर्माले जानकारी दिनुभयो ।


आगलागीबाट  छिरिङको दुई वटा कच्ची घर, भूकम्पपछि निर्माण गरिएको अर्को एक घर जलेको हो । घरभित्र रहेका सम्पूर्ण अन्नपात, लत्ताकपडा, भाँडाकुँडा जलेर नष्ट भएको शर्माले जानकारी दिनुभयो । त्यस्तै एक घरको भुईँ तल्लामा रहेको ८ वटा गाई र ३ वटा गोरु आगलागीमा परेर मरेको उहाँको भनाई छ ।


सोही ठाउँमा रहेका ५ वटा गाईको भने सकुशल उद्धार गरिएको छ । खाना पकाउने चुल्होमा बलिरहेको आगो घर बाहिर फाल्न प्रयोग भएको फलामको पाइपमा सल्किएर अचानक आगलागी भएको उहाँले बताउनुभयो ।  घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्