राष्ट्रपतिसमक्ष चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

काठमाडाैं | माघ १०, २०८१

राष्ट्रपतिसमक्ष चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

काठमाडौं:    राष्‍ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि चार देशका राजदूतले ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ। 


राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त राजदूतले राष्‍ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको हो।


राष्ट्रपति कार्यालयका अनुसार जापान, तुर्कमेनिस्तान, जनवादी लोकतान्त्रिक गणतन्त्र लाओस र इस्लिामक गणतन्त्र इरानका राजदूतले ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको हो। 


उक्त समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीको उपस्थिति रहेको थियो। नवनियुक्त राजदूतलाई काठमाडौँस्थित होटल डुसिट प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो।  

तनहुँ: तनहुँका स्थानीय तहले एक वर्षमा १५ किलोमिटर सडक कालोपत्र गरेका छन् । गत आर्थिक वर्षमा जिल्लाका छ गाउँपालिकाले १५ दशमलव ६२ किलोमिटर सडक कालोपत्र गरेका हुन् । त्यस्तै ती पालिकाले ३८ दशमलव ५५ किलोमिटर सडकक...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरस्थित एक होटलमा बस्नेछ । बैठकमा यही असोज २६ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकका एजेण्डाबारे छलफल हुने ...

थप पढ्नुहोस्

काठमाडौं:  ओमानमा जारी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनलको पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराउँदै विजयी सुरुवात गरेको छ। यो जितसँगै नेपालले सुपर–६ मा प्रवेश गर्ने...

थप पढ्नुहोस्