शिक्षामन्त्रीको गृहजिल्लामा शिक्षकहरुको सामूहिक राजीनामा

सामूहिक राजीनामा स्वीकृत नहुँदासम्म विद्यालयमा जान्छौं: शिक्षक ढकाल

पाेखरा | माघ ४, २०८१

शिक्षामन्त्रीको गृहजिल्लामा शिक्षकहरुको सामूहिक राजीनामा

पोखरा:    नेपाल सरकारले जारी गरेको सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१ को विरोध गर्दै कास्कीमा २०७५ चैत ४ गतेपछि स्थायी नियुक्त भएका शिक्षकहरुले सामूहिक राजीनामा बुझाएका छन् । 


२०७५ चैत ४ गतेपछि स्थायी नियुक्त भएका शिक्षकहरुलाई मर्का पर्ने गरी सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१ को विरोध गर्दै आज शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्य मार्फत प्रधानमन्त्री तथा मनत्रीपरिषद्को कार्यालय तथा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय काठमाडौंलाई सम्बोधन गर्दै सामूहिक राजीनामा बुझाएका हुन् । 


२०७५ चैत ४ गतेपछि स्थायी नियुक्त लिएका शिक्षक कृतिराज ढकालले नेपाल सरकारले अन्यायपूर्ण व्यवहार गर्दै प्राकृतिक न्यायको सिद्धान्त विपरित भूतप्रभावी कानूनको निर्माण गरी अध्यादेश जारी गरेको बताए । 


‘नेपाल सरकारले मिति २०७५ चैत ४ देखि आजसम्म स्थायी निुयुक्ति लिएका शिक्षकहरुमाथि अन्याय पूर्ण व्यवहार गर्दै प्राकृतिक न्यायको सिद्धान्त विपरित भूतप्रभावी कानूनको निर्माण गरी अध्यादेश जारी गरेको छ, शिक्षक ढकालले भने, ‘सो अध्यादेशको कार्यान्वयनले सेवा प्रवेशको समयमा भएका व्यवस्थालाई समेत उल्टाई करिब ६वर्ष खाइपाई आएको तलबबाट समेत हिसाब गरी निश्चित प्रतिशत रकम निवृत्तिभरण कोषमा दाखिला गर्नुपर्ने छ ।’


२०७५ चैत ४ गतेपछि स्थायी नियुक्त लिएका शिक्षहरुले गुँदपाक देखाएर बोलाउने र गोबर खुवाएर लखेट्ने सरकार उद्यत भएको आरोप समेत लगाएका छन् । 


शिक्षकहरुले हिजोसम्म देश र माटोको माया गर्नुपर्छ भनेर सिकाउने हामीहरुलाई अदुरदर्शी नेतृत्वले दिएको चोट बोकेर आजबाट विद्यार्थीहरुर्ला के सिकाउने ? भनेर प्रश्न समेत गरेका छन् । 


सामूहिक राजीनामा स्वीकृत नहुँदासम्म विद्यालयमा जान्छौंः शिक्षक ढकाल


२०७५ चैत ४ गतेपछि स्थायी नियुक्त लिएका शिक्षक कृतिराज ढकालले सरकारले सामूहिक राजीनामा स्वीकृत नगर्दासम्म विद्यालयमा पठनपाठनलाई निरन्तरता दिने बताए । 


‘सरकारले केही दिन अगाडि मात्र जारी गरेको सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१ को विरोध गदैं २०७५ चैत ४ देखि स्थायी नियुक्त लिएका शिक्षहरुले आज सामूहिक राजीनामा बुझाएका छौं, उनले भने, ‘हामी विद्यालयमा जान्छौं, जुन दिन सम्म राज्यले यो राजीनामा स्वीकृत गरेर पेशाबाट बञ्चित गर्ने अवसर गर्दैन् म यसलाई अवसर भन्न चाहान्छु, जवसम्म त्यो अवसर प्रदान गर्दैन् त्यो दिनसम्म विद्यार्थीहरुको पढाइलाई विग्रन दिदैंनौं, तर राज्यले सेवाबाट अलग हुने अवसर दियो भने पनि हामी सेवाबाट अलग हुन तयार भएर आन्दोलनमा होमिएको छौं ।’


२०७५ चैत ४ गतेपछि स्थायी नियुक्त लिएका ३५ जना शिक्षकहरुले आज सामूहिक राजीनामा दिएको र आज दिनभर नै शिक्षा विकास तथा समन्वय इकाई कास्कीमा आएर शिक्षकहरुले राजीनामा बुझाउने बताइएको छ । 

गलकोट:  बागलुङको बलेवा विमानस्थलमा २०७५ सालयता कुनै पनि जहाज आउन सकेका छैनन् । जहाज नआउँदा सुनसान बनेको बागलुङको बलेवा विमानस्थलको हेरचाहको जिम्मा बलेवाका सविता शर्मा पौडेलले गर्दै आउनुभएको छ । ...

थप पढ्नुहोस्

काठमाडौं:   आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म कूल ६४ राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार सोमबार आठ राजनीतिक दल दर्ता भएका हुन् । आइतबारसम्...

थप पढ्नुहोस्

पोखरा:  लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष ३ गते देखि १४ गते सम्म आयोजना गर्ने २१ औ संस्करणको लेखनाथ महोत्सवका लागी स्टल बुकिङ खुल्ला गरेकोे छ ।  पहिलो चरणमा संघका सदस्यहरुका लागी लक्षित गरि ...

थप पढ्नुहोस्