शिक्षामन्त्रीको गृहजिल्लामा शिक्षकहरुको सामूहिक राजीनामा
सामूहिक राजीनामा स्वीकृत नहुँदासम्म विद्यालयमा जान्छौं: शिक्षक ढकाल
पाेखरा | माघ ४, २०८१
पोखरा: नेपाल सरकारले जारी गरेको सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१ को विरोध गर्दै कास्कीमा २०७५ चैत ४ गतेपछि स्थायी नियुक्त भएका शिक्षकहरुले सामूहिक राजीनामा बुझाएका छन् ।
२०७५ चैत ४ गतेपछि स्थायी नियुक्त भएका शिक्षकहरुलाई मर्का पर्ने गरी सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१ को विरोध गर्दै आज शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्य मार्फत प्रधानमन्त्री तथा मनत्रीपरिषद्को कार्यालय तथा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय काठमाडौंलाई सम्बोधन गर्दै सामूहिक राजीनामा बुझाएका हुन् ।

२०७५ चैत ४ गतेपछि स्थायी नियुक्त लिएका शिक्षक कृतिराज ढकालले नेपाल सरकारले अन्यायपूर्ण व्यवहार गर्दै प्राकृतिक न्यायको सिद्धान्त विपरित भूतप्रभावी कानूनको निर्माण गरी अध्यादेश जारी गरेको बताए ।
‘नेपाल सरकारले मिति २०७५ चैत ४ देखि आजसम्म स्थायी निुयुक्ति लिएका शिक्षकहरुमाथि अन्याय पूर्ण व्यवहार गर्दै प्राकृतिक न्यायको सिद्धान्त विपरित भूतप्रभावी कानूनको निर्माण गरी अध्यादेश जारी गरेको छ, शिक्षक ढकालले भने, ‘सो अध्यादेशको कार्यान्वयनले सेवा प्रवेशको समयमा भएका व्यवस्थालाई समेत उल्टाई करिब ६वर्ष खाइपाई आएको तलबबाट समेत हिसाब गरी निश्चित प्रतिशत रकम निवृत्तिभरण कोषमा दाखिला गर्नुपर्ने छ ।’
२०७५ चैत ४ गतेपछि स्थायी नियुक्त लिएका शिक्षहरुले गुँदपाक देखाएर बोलाउने र गोबर खुवाएर लखेट्ने सरकार उद्यत भएको आरोप समेत लगाएका छन् ।
शिक्षकहरुले हिजोसम्म देश र माटोको माया गर्नुपर्छ भनेर सिकाउने हामीहरुलाई अदुरदर्शी नेतृत्वले दिएको चोट बोकेर आजबाट विद्यार्थीहरुर्ला के सिकाउने ? भनेर प्रश्न समेत गरेका छन् ।
सामूहिक राजीनामा स्वीकृत नहुँदासम्म विद्यालयमा जान्छौंः शिक्षक ढकाल
२०७५ चैत ४ गतेपछि स्थायी नियुक्त लिएका शिक्षक कृतिराज ढकालले सरकारले सामूहिक राजीनामा स्वीकृत नगर्दासम्म विद्यालयमा पठनपाठनलाई निरन्तरता दिने बताए ।
‘सरकारले केही दिन अगाडि मात्र जारी गरेको सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१ को विरोध गदैं २०७५ चैत ४ देखि स्थायी नियुक्त लिएका शिक्षहरुले आज सामूहिक राजीनामा बुझाएका छौं, उनले भने, ‘हामी विद्यालयमा जान्छौं, जुन दिन सम्म राज्यले यो राजीनामा स्वीकृत गरेर पेशाबाट बञ्चित गर्ने अवसर गर्दैन् म यसलाई अवसर भन्न चाहान्छु, जवसम्म त्यो अवसर प्रदान गर्दैन् त्यो दिनसम्म विद्यार्थीहरुको पढाइलाई विग्रन दिदैंनौं, तर राज्यले सेवाबाट अलग हुने अवसर दियो भने पनि हामी सेवाबाट अलग हुन तयार भएर आन्दोलनमा होमिएको छौं ।’

२०७५ चैत ४ गतेपछि स्थायी नियुक्त लिएका ३५ जना शिक्षकहरुले आज सामूहिक राजीनामा दिएको र आज दिनभर नै शिक्षा विकास तथा समन्वय इकाई कास्कीमा आएर शिक्षकहरुले राजीनामा बुझाउने बताइएको छ ।
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध कारोबार, सेवन र समाजमा अशान्ति फैलाउने गतिविधि नियन्त्रण गर्न १० घण्टा लामो विशेष ‘स्वीप अपरेसन’ चलाएको छ । उक्त अपरेसनबाट १० घण्...
पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई ४ महिना १५ दिन जेल सजाय हुने भएको छ । जिल्ला अदालतको आदेशलाई उच्च अदालत पोखराले सदर गरिदिएको हो । जातीय भेदभाव...
गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् । २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

