लेखनाथ महोत्सवमा आर्कषणको केन्द्र बन्दै बुद्धको प्रतिमा
काठमाडाैं | पुस २०, २०८१
पोखरा: ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने नाराका साथ सुरु भएको २० औं संस्करणको लेखनाथ महोत्सवमा राखिएको बुद्धको प्रतिमा दर्शकहरुको आर्कषणको केन्द्र बनेको छ ।
हरेक संस्करणमा केही न केही नयाँ प्रयोगको माध्यमबाट दर्शकहरुको ध्यान तान्न सफल महोत्सवले यसपटक भने विश्व शान्तिको कामनाका साथ महोत्सव परिसरमा भगवान गौतम बुद्धको आर्कषक प्रतिमा स्थापना गरेको हो ।
महोत्सवमा स्थापना गरिएको उक्त प्रतिमाले बालबालिका देखी वृद्ध वृद्धाहरुसम्मको ध्यान खिच्न सफल भएको छ ।
प्रतिमामा सँगै फोटो खिचाउनेदेखी टिकटिक बनाउनेसम्मको भिड लाग्ने गरेको छ । उक्त प्रतिमाका परिकल्पनाकार विश्वगोपाल श्रेष्ठ भन्छन बुद्धको प्रतिमाले महोत्सवमा दर्शकहरुको ध्यान तान्न त सफल भएको छ नै त्यसबाहेक धार्मिक सहिष्णुता र विश्व शान्तिको सन्देश पनि प्रवाह गर्न सफल भएको छ ।
झण्डै ३ लाख ५० हजार रुपैयाँको लागतमा स्वदेशमा नै निर्माण भएको उक्त प्रतिमा महोत्सव पश्चात लेखनाथमै उपयुक्त ठाउँको खोजी गरेर स्थापना गरिने आयोजकले जानकारी दिएको छ । यसले लेखनाथ क्षेत्रको धर्मिक पर्यटन प्रर्वद्धनमा समेत टेवा पुग्ने आयोजकको दावी छ ।
विहिबारबाट शुरु भएको महोत्सवको दोश्रो दिन शुक्रबार १० हजार दर्शकहरुले अवलोकन गरेका छन भने र ३० लाख बराबरको कारोबार भएको महासचिव एवं महोत्सव प्रचार प्रसार समितिकी संयोजक जानुका पराजुली अधिकारीले जानकारी दिईन ।
महोत्सवमा शुक्रबार लोकदोहोरी कलाकारहरु रामजी खाँण, सरस्वती लामिछाने, मधु रसाईली, कृष्ण सुवेदी, सविना गुरुङ, केशव देवकोटा, शिवहरी ढुंगाना, उमादेवी खनाल, रमा गौतमले प्रस्तुती दिएका थिए भने बेलुका लाईभ कन्सर्टमा प्रकाश दुतराज र सञ्जिव सिंह रानाले स्टेज तताएका थिए ।
शनिबार लोकदोहोरीतर्फ बालचन्द्र बराल, शान्तीश्री परियार, ध्रुव जिसी, तुलसा जिसी, नेत्र खड्का, सरिता लगायतले प्रस्तुती दिनेछन भने हाँस्यव्यङ्ग्य तर्फ पवन खतिवडा ‘म्याकुरी’ को प्रस्तुती रहनेछ । यस्तै बेलुकापख हुने लाईभ कन्सर्टमा रचना रिमाल र सुनिल गिरीको प्रस्तुती रहने कलाकार व्यवस्थापन समितिका संयोजक उपेन्द्रराज सुवेदी राजुले जानकारी दिएका छन ।
शुक्रबार महिला÷आमा समुहका विच भएको हाजिरी जवाफ प्रतियोगितामा सरस्वती सामुदायिक महिला समुह सेमिफाईनल चरणमा प्रवेश गरेको छ भने विद्यालयस्तरीय नृत्यतर्फ ३ वटा विद्यालयले प्रस्तुती राखेका छन ।
लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने महोत्सवको सह–आयोजकमा उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश रहेका छन भने प्रवद्र्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेका छन ।
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...
कास्की — पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीको नेतृत्वमा तेस्रो पटक जिवन गुरुङ निर्वाचित भएका छन् । पोखरामा आज (आइतबार) भएको चौथो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि जीवन गुरुङको...

