बुद्ध एयरको आपतकालीन ढोका खोल्नेलाई जरिवाना

काठमाडाैं | पुस १९, २०८१

बुद्ध एयरको आपतकालीन ढोका खोल्नेलाई जरिवाना

काठमाडौं:    विमानको आपतकालीन ढोका  खोल्ने दुई यात्रुलाई जरिवाना तिराइएको छ । बुद्ध एयरको दुई उडानका क्रममा ढोका खोल्ने यात्रुलाई रु एक/एक लाख जरिवाना तिराइएको हो । 

    
जरिवानाबापत यात्रुबाट प्राप्त रकम परोपकारी संस्थालाई हस्तान्तरण गरिएको बुद्ध एयरले विज्ञप्तिमार्फत जनाएको छ । जनकपुरधामको महागङ्गा आरती–गङ्गासागर र पोखराको वृद्धाश्रमलाई रु एक/एक लाख सहयोग गरिएको हो ।
     
    
बुधबार (जनवरी १ तारिख) का दिन पोखराबाट काठमाडौँ (उडान सङ्ख्या छ सय १८) को उडान तयारीका क्रममा एक जना यात्रुले अनाहकमा विमानको आपतकालीन ढोका खोलेका थिए । प्राविधिक टोलीको परीक्षणपछि करिब तीन घण्टा ढिलो साँझ ६ः४० मा काठमाडाँैका लागि उक्त विमान उडेको थियो ।

     
यसैगरी काठमाडौँबाट जनकपुरका लागि गत अक्टोबर १० का दिन बिहान ६ः०५ मा उडेको विमान जनकपुरको खराब मौसमका कारण डाइभर्ट भई विराटनगर पुगेको थियो । जनकपुरको मौसममा सुधार आएपछि विराटनगरबाट उड्ने तरखरमा रहेको विमानमा ट्याक्सी वेबाट धावनमार्ग पस्दै गर्दा एक यात्रुले विमानको ‘इमर्जेन्सी’ ढोका खोलेका थिए ।
     
    
उक्त घटनापछि चालक दलले विमान पार्किङ–वेमै फर्काएका थिए । विमानको प्राविधिक जाँचका लागि काठमाडौँबाट टेक्निकल टिम गई सम्पूर्ण जाँचपछि दिउँसो १ बजे जनकपुर अवतरण गरेको थियो । यसबाट उडान प्रक्रिया अवरुद्ध भई त्यस दिनको उडान तालिका निकै प्रभावित बनेको थियो ।

    
अनाहकमा आपतकालीन ढोका खोल्ने यात्रुलाई विमानस्थल सुरक्षाकर्मीलाई जिम्मा लगाइने गरिएको छ । यात्रुले अब उप्रान्त यस्तो कार्य नगर्ने शर्तमा क्रमशः रु एक लाख क्षतिपूर्ति तिराइएको थियो ।

    
आपतकालीन ढोकाको प्रयोगबारे विमान कम्पनीका परिचारिकाले उडानअगावै विस्तृत रुपमा यात्रुहरूलाई जानकारी गराएका हुन्छन् । आपतकालीन अवस्थाबाहेक यसलाई खोल्न मिल्दैन, यसले उडान सुरक्षामै खलल पु¥याउँछ ।

     
हवाई उडानमा खलल पु¥याउने जोसुकैलाई ‘गैर सैनिक हवाई उडान (सिभिल एभिएसन) ऐन, २०१५’अनुसार एकदेखि तीन वर्षसम्म कैद तथा अपराधको प्रकृति हेरेर जन्मकैदसम्म सजाय हुने प्रावधान छ । 

    
विमान कम्पनीले उडान सुरक्षामा अनाहक खलल पु¥याउने यात्रुलाई उडानमा थप प्रतिबन्ध लगाउन पनि सक्छन् । कम्पनीले अनाकहमा आकस्मिक ढोका खोल्ने यात्रुबाट क्षतिपूर्ति रकम रु एक लाख  तिराइ तिनै गन्तव्यका परोपकारी संस्थालाई सहयोग गर्ने बताएको छ ।

पोखरा:    विश्व वातावरण दिवसको अवसरमा विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलले विविध कार्यक्रम सम्पन्न गरेको छ ।    विश्व वातावरण दिवसमा प्लाष्टिक प्रदूषण अन्त्य गरौँ भन्ने मूल नाराका साथ विद्याल...

थप पढ्नुहोस्

पोखरा:  गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ वर्षका नीति तथा कार्यक्रम ल्याएको छ । प्रदेश प्रमुख डिल्लाराज भट्टले बुधबार प्रदेश सभामा नीति तथा कार्यक्रम वाचन गरे ।  प्रदेश सरकारको नीति तथा कार्य...

थप पढ्नुहोस्

काठमाडौं:   वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया र दक्षिण कोरिया पठाइदिने भन्दै १३ लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाड...

थप पढ्नुहोस्