गण्डकीमा खेलाडी दर्ता पौष ९ गते सम्म, २० गते सम्म खेल संघ नविकरण नगरे खारेज हुने

पाेखरा | पुस ४, २०८१

गण्डकीमा खेलाडी दर्ता पौष ९ गते सम्म, २० गते सम्म खेल संघ नविकरण नगरे खारेज हुने

पोखरा:  गण्डकी प्रदेशका ११ वटै जिल्लामा पौष ९ गते सम्म खेलाडी दर्ताका लागि आह्वान गरिएको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीद्वारा बिहिबार आयोजित विभिन्न खेल संघका पदाधिकारीहरुको बैठकमा परिषदका सदस्य सचिब श्रीधर शर्माले जानकारी गराएका हुन् । 


१० औं राष्ट्रिय खेलकुदको पूर्व तयारीका लागि परिषदले बोलाएको प्रारम्भिक छलफलमा सदस्य सचिब शर्माले उक्त जानकारी दिंदै राष्ट्रिय खेलकुदको नयाँ निर्देशिका अनुसार दर्ता नभएका खेलाडीहरु सहभागि बन्न नपाउने जनाएका हुन् ।


“१० औं राष्ट्रिय खेलकुदको निर्देशिका अन्तिम निर्माणको तयारीमा छ” सदस्य सचिब शर्माले भने–“पौष ९ गते सम्म आ–आफ्ना जिल्ला खेलकुद विकास समितिमार्फत दर्ताका लागि हामीले आह्वान गरेका छौं ।” उनले थपे–“दर्ता नभएका खेलाडीहरु आगामी चैत्र २३ देखि ३० गते सम्म कर्णाली प्रदेशमा हुने १० औं राष्ट्रिय खेलकुदमा सहभागिता जनाउन पाउने छैनन् ।”


यसै गरी दर्ता र नविकरण नभएका खेल संघहरुलाई यहि पौष २० गते सम्म नविकरण र दर्ताका लागि आह्वान गरेको छ । चैत २० गते सम्म दर्ता र नविकरण नर्गने खेल संघहरुलाई दर्ता रद्ध गर्ने जनाउँदै बैठकमा सदस्य सचिब शर्माले दर्ता खारेज हुने खेल संघहरुलाई लेटर प्याड र छाप प्रयोगमा समेत रोक लगाइने बताए ।


खेल संघका पदाधिकारीहरुको छलफलमा १० औं राष्ट्रिय खेलकुदको पूर्व तयारीका लागि खेल सामाग्रीहरुको समुचित वितरण, खेल प्रशिक्षकहरुको नियुक्ति, खेल मैदानहरुको सुधारलगायतका विषयमा आफ्ना धारणा राखेका थिए । 


उनीहरुले नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशले प्राप्त गरेको शाखलाई गुम्न नदिन परिषदले योजनावद्ध रुपमा आफ्ना कार्यक्रमहरु तय गर्नुपर्ने सुझाव समेत दिए ।


छलफलमा दशौै राष्ट्रिय खेलकुदको छनौट कार्यक्रम गाउँपािलका तहहरुमा गर्न सुझाव दिंदै प्रदेशका सबै जिल्ला र पालिकाहरुमा अपनत्व हुने गरी अघि बढाउन समेत सहभागिहरुले जोड दिएका छन् । 


जसका कारण सबै पालिकाहरुले समेत खेलकुदको विकासमा साझेदारी गर्ने अवसर संगै सुमदायमा खेलकुदलाई जोड्न समेत छनौट कार्यक्रम अझै प्रभावकारी हुने उनीहरुको जोड थियो ।


१९ औं एसियाली खेलकुदमा नेपालको झण्डा अन्तर्राष्ट्रिय ऐरिनामा फहराउन सफल खेल प्याराग्लाइडिङलाई समेत १० औं राष्ट्रिय खेलकुदमा समावेश गर्न समेत उनीहरुले जोड दिएका छन् भने हरेक जिल्लामा सबै खेलका रेफ्रिहरुको उत्पादन हुनुपर्ने विषयलाई समेत गम्भिरता पूर्वक उठाए  ।


सो अवसरमा बोल्दै प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङले  ११ वटै जिल्लामा खेल संघहरुको विस्तार गर्दै पालिकास्तरमा समेत खेलका गतिविधि बढाउन खेल संघहरुलाई आग्रह गरे ।


त्यस्तै कार्यकारी सदस्य दिल बहादुर गुरुङले १० औं राष्ट्रिय खेलकुदमा प्राप्त शाखलाई जोगाउन सबै खेलसंघहरुले ध्यान केन्द्रित गर्न आग्रह गर्दै खेल संघहरुको समस्या समाधान गर्न परिषद संधै तयार रहेको उल्लेख गरे ।


त्यस्तै परिषदका महाशाखा प्रमुख राम प्रसाद आचार्यले खेलको विकासका लागि पालिकास्तरमा बाटनै संघहरुले ध्यान दिनुपर्ने जनाए ।

काठमाडौंः   नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारीमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई तोकिएको छ ।      पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपच...

थप पढ्नुहोस्

पोखरा:  ६८ औं राष्ट्रिय सहकारी दिवस अवसरमा पामे बचत तथा ऋण सहकारीले पामे बजारमा सरसफाई कार्यक्रम गरेको छ । पोखरा २४ पामे बजारमा सहकारीका सदस्य सहित स्थानीय, प्रहरी, आमा समुह मिलेर सरसफाइ गरेका हुन् । ...

थप पढ्नुहोस्

काठमाडौं: सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत ९सिइओ० मा झापाका चुडामणि चापागाईंलाई नियुक्त गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले उहाँलाई उक्त पदमा नियुक्त गरेको हो ।  &nb...

थप पढ्नुहोस्