नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

काठमाडाैं | साउन १०, २०७९

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट


काठमाडौँ:     धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । आइतबार र सोमबार लगातार उकालो लागेको नेप्से परिसूचक आज भने उच्च अङ्कले ओरालो लाग्यो । 

 

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४४.८० अङ्कले ओरालो लागेर दुई हजार ८८.१६ मा ओर्लिएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.९९ अङ्कले घटेर ३९८.३९ मा ओर्लिएको छ । कूल २२२ कम्पनीको ८७ लाख ४० हजार ५५७ कित्ता शेयर रु तीन अर्ब ७० करोड ४९ लाख ९८ हजार ३९८ मूल्यमा खरिद बिक्री भए ।

  

 नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्य नै ओरालो लागेको छ । बैंकिङ २५.२८, व्यापार ५०.५७, होटल तथा पर्यटन ७८.८७, विकास बैंक ११४.४१, जलविद्युत् ४८.३१, वित्त ५३.३४, निर्जीवन बीमा १०३.५१, उत्पादन ९४.१६, अन्य ५७.४९, लघुवित्त ११०.४९, जीवन बीमा १३३.७१, सामूहिक लगानी कोष ०.१९ र लगानी १.७७ अङ्कले ओरालो लागेको छ । 

  

 मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण रु २९ खर्ब ८१ अर्ब ७६ करोड ३९ लाख २० हजार १६ बराबर रहेको छ । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा छ । सो कम्पनीको रु १९ करोड ३६ लाख ६७ हजार २६० बराबरको कारोबार भयो । यस्तै, अरुण काबेली पावर कम्पनी रु १५ करोड ५७ लाख आठ हजार ४०३, अरुण भ्याली हाइड्रो पावर रु १० करोड २४ लाख ५० हजार, हिमालयन डिस्टिलरी रु नौ करोड ८० लाख ५९ हजार १९६ र राधी विद्युत् कम्पनी रु आठ करोड ३५ लाख २९ हजार ९५७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । 

  

 नेप्सेका अनुसार मल्टीप्रपोज फाइनान्स कम्पनी ९.३२, सूर्योदय बोमी लघुवित्त ६.७२, युनाइटेड मोदी हाइड्रोपावर ६.१९, समृद्धि फाइनान्स कम्पनी ३.२३, बलेफी हाइड्रोपावरका लगानीकर्ताले ३.१५ प्रतिशतले कमाए । त्यस्तै, गणपति लघुवित्त ६.८२, रिभर फल्स पावर ५.९९, सप्तकोसी लघुवित्त ५।१३, पोखरा फाइनान्स ५.१० र गुह्यश्वरी मर्चेन्ट बैंकका लगानीकर्ताले ५.०३ प्रतिशतले गुमाए । 

पोखरा:  पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...

थप पढ्नुहोस्

पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...

थप पढ्नुहोस्

म्याग्दी:  म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

थप पढ्नुहोस्