पोखरामा फुजी ब्राण्डका एलिभेटर उपलब्ध

पाेखरा | पुस ३, २०८१

पोखरामा फुजी ब्राण्डका एलिभेटर उपलब्ध

पोखरा:    पर्यटकीय शहर पोखराबाट जापानिज प्रविधिको फुजी ब्राण्डको एलिभेटर (लिफ्ट) बिक्री बितरण हुने भएको छ । जापानिज प्रविधि र चीनमा कोलाब्रेट गरिएको फुजी ब्राण्डको एलिभेटर र एक्सेलेटरका लागि पोखरामा एलिभेटर टेक नेपाल पोखराले पोखराको चाउथेबाट बिक्री शुरु गरेको हो ।


फुजी ब्राण्डको एलिभेटर र एक्सेलेटरको लागि नेपालको आधिकारीक बिक्रेता एलिभेटर टेक नेपालको शुरुवात गर्दै मणिपाल शिक्षण अस्पतालका सञ्चालक आनन्द बतासले नेपालमा एलिभेटर खरिद गर्दा विभिन्न समस्याहरु उत्पन्न भरहदा फुजी ब्राण्डले पोखरामानै नेपालको लागि आधिकारीक डिलर सञ्चालन गरेकोमा खुसी ब्यक्त गरे । 


ग्राहकलाई सामाग्री बिक्री गर्नुभन्दा पनि त्यसको सामाग्री र सर्भिसका लागि ध्यान दिन आवश्यक रहेको वताउदै बतासले फुजी ब्राण्डको एलिभेटर र एक्सेलेटरले पोखरेलीको मन जित्ने गरी काम गर्नेमा आफु ढुक्क रहेको समेत बताए ।


त्यस्तै वरिष्ठ समाजसेवी रामजी बास्तोलाले पोखरामा लिफ्ट (एलिभेटर) किन्नका लागि काठमाण्डौ धाउनुपर्ने बाध्यता हटेको भएतापनि यसको सर्भिसिङ र सामाग्रीका लागि समेत फुजीको डिलरले ध्यान दिन आवश्यक रहेको बताए ।


त्यस्तै एलिभेटर टेक नेपालका टेक्निकल डिपार्ट हेड रमेशराज अधिकारीले फुजी ब्राण्डको एलिभेटर र एक्सेलेटरका लागि नेपालका लागि आफुहरु आधिकारीक बिक्रेता भएकाले यसमा कुनैपनि समस्या आएमा पोखराबाटै सर्भिसको ब्यवस्था भएकाले अन्य कम्पनीहरुमा जस्तो समस्या नहुने बताए ।


एलिभेटर टेक नेपालका सञ्चालक मोहन प्रसाद ढकालले नेपालमा गुणस्तरीय प्रविधीका एलिभेटरहरु भित्रयाउन आफुहरु लागि परेको बताए । फुजी कम्पनीले विश्वभरनै उच्च स्तरका एलिभेटरहरु बिक्री वितरण गर्दै आइरहेकाले आफुहरुले समेत त्यसलाई नेपालमा भित्रयाउने गरी एलिभेटर टेक सञ्चालनमा ल्याएको ढकालको भनाइ रहेको थियो । एलिभेटर संगै आगामी दिनमा फुजी एयर कन्डिसन एसि हरु समेत बिक्री वितरण गर्ने लक्ष्य रहेको ढकालले बताए ।


सो अवसरमा फुजी कम्पनीका प्रमुख पेङ र कम्पनीका बिक्री प्रमुख मेलिसाले फुजी कम्पनीका नयाँ एलिभेटरहरुको बारेमा जानकारी गराएका थिए ।

पाल्पा:     रामपुर नगरपालिका–५  बेझाड बजारमा इलाका प्रशासन कार्यालय निर्माण भएको छ । चार करोड ५६ लाख ७७ हजार पाँच सय ७१ को लागतमा निर्मित १४ कोठे भवनबाट सेवा प्रवाह प्रारम्भ भएको छ ।&n...

थप पढ्नुहोस्

काठमाडौं:     गत वर्षको ‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान’ घोषणा भएको छ । यो सम्मान १० जना स्रष्टा र एउटा सङ्गीत प्रतिष्ठानलाई प्रदान गरिने भएको छ । नातिकाजी स्मृति समाजद्वारा आज यहाँ आय...

थप पढ्नुहोस्

पोखरा:    कास्कीको अन्नपूर्ण गाउँपालिका ११ छोम्रोङका स्वर्गीय प्रदीप गुरुङको स्मृतिमा आयोजित पहिलो संस्करणको खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको सुरु भएको छ ।    चैँपर ल...

थप पढ्नुहोस्