पोखरा महोत्सवलाई 'स्टारसिड टेक्नोलोजिस'को साथ
पाेखरा | पुस २, २०८१
पोखरा महोत्सव र स्टारसिड टेक्नोलोजिस प्रालिबीच सहकार्य भएको छ ।
भारत र चिनबाट बिजुलीका समाग्री आयात गरी नेपालमै एसेम्बल गर्दै आइरहेको स्टारसिड प्रालि र पोखरा महोत्सव आयोजक युनाईटेड क्लब पोखराबीच महोत्सवलाई सहयोग गर्ने गरी सम्झौता भएको हो ।
सम्झौतापत्रमा स्टारसिड टेक्नोलोजिस प्रालिका प्रवन्धक निर्देशक चन्द्रबहादुर थापा र पोखरा महोत्सव आयोजक युनाइटेड क्लब पोखराका अध्यक्ष लोकबहादुर थापाले हस्ताक्षर गरे ।
सम्झौता पत्रमा हस्ताक्षर गर्दै स्टारसिड टेक्नोलोजिस प्रालिका प्रवन्ध निर्देशक चन्द्र बहादुर थापाले स्टारसिडस प्रालिले विगतका संस्करणहरुमासमेत सहकार्य गर्दै आइरहेको र यो पटक पनि सहकार्य गर्ने बताए ।
स्टारसिडले भारत र चिनबाट समाग्री आयात गरी नेपालमै एसेम्बल गरी उच्च गुणस्तरका बिजुली सम्बन्धी (यु एन आइ एक्सपर्टका) स्वीच, एलइडी बल्व, एलइडी प्यानल, एलइडी कन्सील, एलइडी सिओबी लाइट, ट्रयाक लाइट, पंखाहरु, इलेक्ट्रीक गिजर, हिटर, सेन्सर स्ट्रीट लाइट, फल्ड लाइट र हेलोजिन लाइटहरु उत्पादन तथा विक्री गर्दै आइरहेको छ ।
स्टारसिड टेक्नोलोजिस प्रालिमा चन्द्र बहादुर थापा, पियुष कोठारी र बिर बहादुर कंडेल सञ्चालकको रुपमा रहेका छन् । प्रालिले काठमाणडौंको रानीबारीमा रहेको आफ्नै कम्पनीबाट सामाग्रीहरु उत्पादन गरी सुनधारास्थित बिजुलीबजारमा रहेको जेटी इलेक्ट्रिकल्स प्रालि र पोखरा १० बुद्धचोक स्थित विवश इलेक्ट्रिकल्स प्रालिबाट सामाग्रीहरुको विक्री गर्दै आइरहेको सञ्चालक थापाले बताए ।
स्टारसिड टेक्नोलोजिस प्रालिले क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने नारासहित आफ्ना उत्पादनका सामाग्रीहरु विक्री गर्दै आइरहेको छ ।
यस्तै युनाईटेड क्लब पोखराका अध्यक्ष लोक बहादुर थापाले स्टारसिड टेक्नोलोजिस प्रालिले बिगतका महोत्सवहरुमासमेत सहकार्य गर्दै आइरहदा तेह्रौं संस्करणको पोखरा महोत्सवमा समेत सहकार्य गर्न पाउदा खुसी लागेको बताए ।
स्टारसिड जस्तै सहयोगी संघ संस्थाहरुको सहयोगले नै पोखरा महोत्सव १३ औं संस्करणसम्म आइपुगेको उनको भनाइ रहेको थियो ।
सो अवसरमा क्लवका निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, संस्थापक अध्यक्ष हिमालय बख्रेल, पूर्व अध्यक्ष सुक बहादुर गुरुङ, पूर्व अध्यक्ष लालकाजी गुरुङ, क्लबका प्रथम उपाध्यक्ष शान्त बहादुर थापा, द्धितिय उपाध्यक्ष सूर्य बहादुर बानियाँ, क्लबका आजीवन सदस्य कृष्ण थापा मगर, आजीबन सदस्य मिलन बहादुर अधिकारी लगायतको उपस्थिती रहेको थियो ।
युनाईटेड क्लब पोखराको आयोजनामा आगामी पुषको २५ देखि माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा तेह्रौं संस्करणको पोखरा महोत्सव हुने र त्यसको तयारी तीब्र रुपमा अगाडी बढेको महोत्सका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

