पोखरा महोत्सवलाई 'स्टारसिड टेक्नोलोजिस'को साथ

पाेखरा | पुस २, २०८१

पोखरा महोत्सवलाई 'स्टारसिड टेक्नोलोजिस'को साथ

पोखरा महोत्सव र स्टारसिड टेक्नोलोजिस प्रालिबीच सहकार्य भएको छ ।

 

भारत र चिनबाट बिजुलीका समाग्री आयात गरी नेपालमै एसेम्बल गर्दै आइरहेको स्टारसिड प्रालि र पोखरा महोत्सव आयोजक युनाईटेड क्लब पोखराबीच महोत्सवलाई सहयोग गर्ने गरी सम्झौता भएको हो । 

 

सम्झौतापत्रमा स्टारसिड टेक्नोलोजिस प्रालिका प्रवन्धक निर्देशक चन्द्रबहादुर थापा र पोखरा महोत्सव आयोजक युनाइटेड क्लब पोखराका अध्यक्ष लोकबहादुर थापाले हस्ताक्षर गरे ।


सम्झौता पत्रमा हस्ताक्षर गर्दै स्टारसिड टेक्नोलोजिस प्रालिका प्रवन्ध निर्देशक चन्द्र बहादुर थापाले स्टारसिडस प्रालिले विगतका संस्करणहरुमासमेत सहकार्य गर्दै आइरहेको र यो पटक पनि सहकार्य गर्ने बताए । 

 

स्टारसिडले भारत र चिनबाट समाग्री आयात गरी नेपालमै एसेम्बल गरी उच्च गुणस्तरका बिजुली सम्बन्धी (यु एन आइ एक्सपर्टका) स्वीच, एलइडी बल्व, एलइडी प्यानल, एलइडी कन्सील, एलइडी सिओबी लाइट, ट्रयाक लाइट, पंखाहरु, इलेक्ट्रीक गिजर, हिटर, सेन्सर स्ट्रीट लाइट, फल्ड लाइट र हेलोजिन लाइटहरु उत्पादन तथा विक्री गर्दै आइरहेको छ ।

 

स्टारसिड टेक्नोलोजिस प्रालिमा चन्द्र बहादुर थापा, पियुष कोठारी र बिर बहादुर कंडेल सञ्चालकको रुपमा रहेका छन् । प्रालिले काठमाणडौंको रानीबारीमा रहेको आफ्नै कम्पनीबाट सामाग्रीहरु उत्पादन गरी सुनधारास्थित बिजुलीबजारमा रहेको जेटी इलेक्ट्रिकल्स प्रालि र पोखरा १० बुद्धचोक स्थित विवश इलेक्ट्रिकल्स प्रालिबाट सामाग्रीहरुको विक्री गर्दै आइरहेको सञ्चालक थापाले बताए । 

 

स्टारसिड टेक्नोलोजिस प्रालिले क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने नारासहित आफ्ना उत्पादनका सामाग्रीहरु विक्री गर्दै आइरहेको छ ।

 

यस्तै युनाईटेड क्लब पोखराका अध्यक्ष लोक बहादुर थापाले स्टारसिड टेक्नोलोजिस प्रालिले बिगतका महोत्सवहरुमासमेत सहकार्य गर्दै आइरहदा तेह्रौं संस्करणको पोखरा महोत्सवमा समेत सहकार्य गर्न पाउदा खुसी लागेको बताए । 

 

स्टारसिड जस्तै सहयोगी संघ संस्थाहरुको सहयोगले नै पोखरा महोत्सव १३ औं संस्करणसम्म आइपुगेको उनको भनाइ रहेको थियो ।

 

सो अवसरमा क्लवका निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, संस्थापक अध्यक्ष हिमालय बख्रेल, पूर्व अध्यक्ष सुक बहादुर गुरुङ, पूर्व अध्यक्ष लालकाजी गुरुङ, क्लबका प्रथम उपाध्यक्ष शान्त बहादुर थापा, द्धितिय उपाध्यक्ष सूर्य बहादुर बानियाँ, क्लबका आजीवन सदस्य कृष्ण थापा मगर, आजीबन सदस्य मिलन बहादुर अधिकारी लगायतको उपस्थिती रहेको थियो । 

 

युनाईटेड क्लब पोखराको आयोजनामा आगामी पुषको २५ देखि माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा तेह्रौं संस्करणको पोखरा महोत्सव हुने र त्यसको तयारी तीब्र रुपमा अगाडी बढेको महोत्सका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । 

बागलुङ:    निसीखोला गाउँपालिका–३ को बोहोरा गाउँमा गर्भवती र सुसारेलाई लक्षित गरी प्रतीक्षा घर सञ्चालनमा आएको छ । बोहोरागाउँ स्वास्थ्यचौकी भवनसँगै सञ्चालनमा ल्याइएको प्रतीक्षा घरमा टाढाबाट आउने ...

थप पढ्नुहोस्

काठमाडौं:    प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स ९युएई० का राजदूत अब्दुल्लाह अल शम्सीले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवासमा आज भएको उक्त भेटमा राजदूत शम्स...

थप पढ्नुहोस्

ललितपुर:    नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का उपाध्यक्ष पम्फा भुसालले देश र जनताका पक्षमा कलम चलाउन पत्रकारहरूलाई आग्रह गर्नुभएको छ ।   नेपाल पत्रकार महासङ्घ ललितपुर जिल्ला शाखाका नव...

थप पढ्नुहोस्