वर्तमान सत्ता गठबन्धनको उद्देश्य राजनीतिक स्थिरता र विकासमा गतिशीलता: मन्त्री गुरुङ

काठमाडाैं | पुस १, २०८१

वर्तमान सत्ता गठबन्धनको उद्देश्य राजनीतिक स्थिरता र विकासमा गतिशीलता: मन्त्री गुरुङ

काठमाडौं:    सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसको राजनीतिक गठबन्धनको मुख्य उद्देश्य मुलुकमा राजनीतिक स्थायित्व कायम गर्दै विकासमा गतिशीलता ल्याउनु रहेको बताउनुभएको छ ।  


काठमाडौँमा आज आयोजित ‘दी राइजिङ नेपाल’ को ५९औँ वार्षिकोत्सव समारोहमा उहाँले देश विकासको मुख्य बाधकका रूपमा रहेको राजनीतिक अस्थिरता अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो ।
  

पटक पटक सरकार बन्ने र परिवर्तन हुने प्रवृत्तिले निर्माणाधीन विकास योजना, नीति, नियम र आधारहरू लथालिङ्ग भएको बताउँदै सरकारका प्रवक्ता गुरुङले त्यसैले वर्तमान गठबन्धन सरकारले राजनीतिक स्थायित्वसहितको विकासमा जोड दिएको उल्लेख गर्नुभयो । 


“राजनीतिक अस्थिरता भयो भने सरकार अस्थिर हुने र सरकार अस्थिर हुँदा त्यसको असर विकास निर्माण र जनतामा समेत पर्ने गरेको छ । तसर्थ देशका दुई ठूला दल एमाले र कांग्रेसको सहयकार्यमा सरकार गठन अत्यावश्यक थियो, सोहीअनुसार हामीले गरेका छौँ”, उहाँ भन्नुहुन्छ,“विगतमा हामी सधँै सत्ता र राजनीतिक अस्थिरतामै रुमलियौँ, जसले गर्दा मुलुकको समृद्धि ओझेलमा परिरह्यो । अब यस्तो हुँदैन, यो सरकार जनतामा स्थायित्व महसुस गराउन अभ्यासरत छ ।”

काठमाडौं:     स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्थामा कार्यरत  नर्सिङ एवं स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र सेवा सुविधा उपलब्ध गराउन परिपत्र गरेको छ ।   मन्त्रालयको गुणस्तर मापन ...

थप पढ्नुहोस्

स्याङ्जा:    स्याङ्जाको भिरकोट–५ सिम्लेस्थित आँधीखोलामा फट्के मार्फत् आवतजावत गर्न थालेको झण्डै ४० वर्ष पूरा भएको छ ।  स्थानीय बासिन्दा, शिक्षक, विद्यार्थीले विशेष गरेर हिउँदका समयमा फट्के उपयोग...

थप पढ्नुहोस्

काठमाडौं:    नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।  आजका लागि तय भएको विनिमय दर अनुसार अमेरिकन डलर, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, चिनियाँ...

थप पढ्नुहोस्