एनपिएलः विराटनगरद्वारा काठमाडौँ सामु ११८ रनको लक्ष्य प्रस्तुत
काठमाडाैं | मंसिर ३०, २०८१

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले काठमाडौँ गुर्खाज सामु जितका लागि १ सय १८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाएर १ सय १७ रन बनाएको हो ।
विराटनगरका लागि राजेश पुलामीले सर्वाधिक २५ रन बनाए । उनले २१ बलमा १ छक्का र १ चौकाप्रहार गर्दै २५ रन बनाएका हुन् । दीपक बोहराले २०, स्कट एडवर्ड्सले १५, बसिर अहमदले १३ र निकोलस किर्टनले १२ रन जोडे ।
विराटनगरका लागि लोकेश बमले ८, सुवास भण्डारीले छ, इस्मत आलमले ५ र क्रिस सोलले १ रनको योगदान दिए । यो खेलमा विराटनगरले अतिरिक्त १२ रन प्राप्त गरेको छ ।
बलिङतर्फ काठमाडौँका लागि गेरहार्ड इरास्मसले सर्वाधिक तीन विकेट हात पारे । यस्तै, दिपेश कँडेलले २ विकेट लिँदा कप्तान करण केसी, शाहब आलम र डेन डउथवेटले १÷१ विकेट लिए । अहिले काठमाडौँले जवाफी ब्याटिङ गरिरहेको छ ।
झापा: झापाको दमक नगरपालिका–५ धनेश्वर मन्दिरको पूर्वपट्टि गेटनजिक बेवारिसे अवस्थामा ३०३ वटा राइफल फेला परेको छ। स्थानीयवासीले आज बिहान राइफल फेलापरेको जानकारी इलाका प्रहरी कार्यालय दमकमा ग...
काठमाडौं: आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ । समूह ‘बी’को समूह विजेता बनेको नेपालले समूह ‘ए&rsq...
कैलाली: कैलालीमा एक युवकको हत्या भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका– ८ जरैमा गए राती साथीसाथीबीच विवाद हुँदा २८ वर्षीय केशर बहादुर बुढाको घाँटी रेटेर हत्या भएको हो । सँगै बसेर मदिरा सेवन ग...