विन्ध्येश्वरीमा सि.पि.एस. थिम सेलिब्रेसन कार्यक्रम
पाेखरा | मंसिर २८, २०८१
"गुणस्तरीय शिक्षा अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका संचालित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा सि.पि.एस. थिम सेलिब्रेशन तथा अभिभावक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।
लायन्स इन्टरनेसनल काठमाडौँद्वारा प्रस्तुत यस सि.पि.एस. पद्वतिअनुसार विभिन्न क्रियाकलाप अन्तर्गत आज थिम सेलिब्रेशन कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा कक्षा नर्सरी, एल.के.जी. र यु.के.जी.का विद्यार्थीहरुले आफूले सिकेका कुराहरु प्रस्तुत गरेका थिए ।
विद्यार्थीहरुले अहिलेसम्म सिकेका कुराहरु आफ्ना अभिभावकसँग साटासाट गरेका थिए । भने, अभिभावकहरुले पनि आफ्ना बच्चाहरुसँग विभिन्न क्रियाकलाप सगैं गरेका थिए ।
पोखरा— प्रविधिको क्षेत्रमा नयाँ आयाम थप्दै आएको ‘टेकपाइला इन्नेभोसन्सले गण्डकीमा तीन वटा पाठ्यक्रम सार्वजनिक गरेको छ । पोखरामा एक कार्यक्रमको आयोजना गर्दै ‘प्लस टु’का विद्यार्थ...
पोखरा । हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रमबाट ५५ युनिट रगत संकलन भएको छ । संस्थाले आफ्नो स्थापना...
पोखरा: घुमघामको सिजनसँगै कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटकको चाप बढेको छ । अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुक गाउँमा पछिल्लो ४ दिनमा मात्रै करिब १० हजार भन्दा बढी पर्यटक ...

