निर्माणाधीन पोखरा बहुमुखीकोे भवनलाई मारवाडी भोजनालायको १५ लाख
पाेखरा | साउन ९, २०७९

पोखराको नयाँबजारस्थित पोखरा बहुमुखी क्याम्पसलाई मारवाडी भोजनालयकातर्फबाट सञ्चालक प्रेमचन्द उपाध्यायले १५ लाख रुपैयाँ सहयोग गरेका छन् ।
क्याम्पसले हाल शान्तिवनमा भवन निर्माण गरिरहेको छ । सोही भवन निर्माणमा थप टेवा पुगोस् भन्ने हेतुले बुवा सूर्यदेव उपाध्यायको स्मृतिमा उक्त रकम हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरित रकम ग्रहण गर्दै क्याम्पस संचालक समितिका अध्यक्ष नरेन्द्रमान लालचनले सामुदायिक क्याम्पसको भवन निर्माण प्राप्त सहयोग अमूल्य रहेको बताए । लालचनले भने ‘उपाध्यायज्यूले प्रदान गरेको रकम आगामी दिनमा हाम्रा विद्यार्थीकालागि मारवाडी भोजनालयको मिठाईजस्तै स्वादिलो र पोषिलो हुनेछ ।’
उक्त अवसरमा सहयोगी उपाध्यायले सहयोग रकमबाट क्याम्पसले गूणस्तरीय र सबैकालागि शिक्षा प्रदान गर्न सकोस् भन्दै आफ्ना धारणा राखे । ‘शिक्षाभन्दा उत्तम र उपयोगी अन्य कुनै विधा छैन’ उपाध्यायले भने ‘पढे आफुमात्र हैन, देश बन्छ भन्ने बुवाको सोंच पुरा गर्न आफुले सानो सहयोग गरेको हुँ ।’
त्यस्तै, क्याम्पस प्रमुख शिशुकला पराजुलीले स्थापनाकालदेखि आफ्नै भवनमा पठनपाठन गर्ने सपना विपनातर्फ परिणत हुँदै गरेको धारणा राखिन् । प्रमुख पराजुलीले भनिन्, ‘आगामी शैक्षिकसत्रदेखि क्याम्पसको आफ्नै भवनबाट कक्षा सञ्चालन हुनेछ, हामी यसैको पूर्णतामा जुटेका छौं ।’
क्याम्पसमा बिहानी सत्रमा मानविकी र व्यवस्थापन संकायमा स्नातकतहको अध्यापन हुँदै आएको छ । क्याम्पस भवन सञ्चालनमा आउनेबित्तकै अन्य संकाय थपिने क्याम्पसले जनाएको छ ।
‘क्यूएए’ प्रमाणपत्र लिने तयारीमा रहेको क्याम्पसमा हाल ४ सय हाराहारीमा विद्यार्थी छन् ।
पोखरा: नेपाली समाज अनि संस्कृतिको बारेमा गहन अध्ययन गरेका वेलायतका प्राध्यापक डेविड गेल्नरले शुक्रबार पोखरामा यसबारे चर्चा गरेका छन् । अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक गेल्नरले नेपाली दलित सम...
काठमाडौं: सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने भएको छ । पेन्सन वा उपदानको सट्टा उक्त प्रणाली लागू गर्न लागिएको अर्थ मन्त्रालयले ज...
पोखरा: देशभरका सुनचाँदी व्यवसायीहरुले एकसातादेखि पसलमा ताला लगाएर सुनचाँदीमा लगाएको ‘विलासी कर’ को खारेजी माग राखेर विरोध गरिरहेका छन् । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र स...