पत्रकार शर्मा पुरस्कृत
पाेखरा | मंसिर २४, २०८१

गण्डकी: राष्ट्रिय समाचार समितिका पोखरा समाचारदाता जमुना वर्षा शर्मालाई राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ । स्वास्थ्यका क्षेत्रमा समाचार सम्प्रेषणका माध्यमबाट पुयाएको योगदानको कदर गर्दै उहाँलाई युआरएल फाउण्डेशनले सम्मान गरेको हो ।
राससकर्मी शर्मालाई रु ३३ हजार तीन सय ३३ नगद तथा प्रमाणपत्रसहित एक कार्यक्रमबीच शिक्षाविद् जर्ज जोन, युआरएल फाउण्डेशनका अध्यक्ष ठाकुरप्रसाद पन्तलगायतले सम्मान गर्नुुभएको हो ।
२ दशकदेखि पत्रकारितामा क्रियाशील शर्मा महिला अधिकार, महिला सुरक्षा, महिला स्वास्थ्य, पर्यटन लगायतका क्षेत्रमा कलम चलाउँदै आउनुुभएको छ । उहाँ नेपाल पत्रकार महासङ्घ कास्कीको उपाध्यक्षसमेत हुनुहुन्छ ।
कार्यक्रमकै अवसरमा फाउण्डेशनले चिकित्सा क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै ललितपुर, कुपन्डोलका डा खगेन्द्रबहादुर श्रेष्ठलाई ‘लाइफ टाईम एचिभमेन्ट’ अवार्डबाट सम्मान गरेको छ ।
कार्यक्रममा शिक्षाविद् जोन, पुरस्कार छनोट समितिका संयोजक बद्री विनोद प्रतिक, प्रयोगशालाविज्ञ सुशील थापा, युआरएल फाउण्डेशनका अध्यक्ष पन्त, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका महानिर्देशक मनमोहन मिश्र, पत्रकार आरजु विष्ट सल्यानी तथा सम्मानित व्यक्तिद्वय शर्मा र श्रेष्ठले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
ढोरपाटन: बागलुङ नगरपालिका–१ का डम्मरबहादुर मल्ल बिहान झिसमिसेमै कालिका मन्दिर गेटमा पुग्नुहुन्छ । जहाँ उहाँको सानो पसल र रोट (मन्दिरमा चढाउने प्रसाद) बनाउने अँगेनो छ । मन्दिरमा भक्तजन आउनुपूर्व ...
काठमाडौं: नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको मूल्य तोलामा तीन हजार रुपैयाँले बढेको जनाएको छ । महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ ला...
झापा: झापाको दमक नगरपालिका–५ धनेश्वर मन्दिरको पूर्वपट्टि गेटनजिक बेवारिसे अवस्थामा ३०३ वटा राइफल फेला परेको छ। स्थानीयवासीले आज बिहान राइफल फेलापरेको जानकारी इलाका प्रहरी कार्यालय दमकमा ग...