जनतालाई समयमै सूचना प्रदान गर्न जिम्मेवार हुनुपर्छ: सञ्चारमन्त्री गुरुङ

काठमाडाैं | मंसिर २३, २०८१

जनतालाई समयमै सूचना प्रदान गर्न जिम्मेवार हुनुपर्छ: सञ्चारमन्त्री गुरुङ

काठमाडौं:     सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जनताको सूचनाको हकलाई प्रभावकारी बनाउन सङ्घीय मन्त्रालय, संवैधानिक आयोग तथा विभिन्न निकायका प्रवक्ता र तोकिएका सूचना अधिकारीलाई जिम्मेवार बन्न आग्रह गर्नुभएको छ ।

मन्त्रालयमा आज आयोजित सङ्घीय मन्त्रालय, संवैधानिक आयोग तथा निकायका प्रवक्ताहरुसँग त्रैमासिक समन्वय बैठक तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री गुरुङले यसका लागि प्रवक्ता र सूचना अधिकारीलाई व्यवस्थित गर्न आवश्यक पर्ने स्रोतसाधन, प्रशिक्षणलगायत विषयमा आफू सहयोग गर्न तयार रहेको जानकारी दिनुभयो । 

    
“सूचनाको हक जनताको मौलिक हक हो । त्यसकारण सूचना सत्य, तथ्य र सही दिनुपर्ने हाम्रो कतव्र्य हो”, उहाँले भन्नुभयो, “प्रवक्ता र सूचना अधिकारीको आवश्यक व्यवस्थापन, दक्षत बनाउने तथा व्यवस्थित गर्नेमा मन्त्रालय सकारात्मक छ ।”

    
मन्त्री गुरुङका अनुसार प्रवक्ता दक्ष हुनु भनेको त्यस मन्त्रालय या निकायको प्रभावकारी कार्यको उजागर हुनु हो । 


नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले प्रवक्ताको भूमिका अत्यन्त महत्वपूर्ण रहेको र चुनौती पनि उत्तिकै रहेको सुनाउनुभयो । 


आफ्ना अनुभव बाँड्दै उहाँले जनताको सूचनाका हक सुनिश्चित गर्ने मुख्य दायित्व प्रवक्ता र सूचना अधिकारीलगायत सम्बन्धित सबै शाखाको समेत उत्तिकै सहयोगी भूमिका जरुरी हुने बताउनुभयो ।

    
मन्त्री गुरुङले प्रवक्ताहरुले काम गर्दा भोग्नु परेका समस्याहरु सुनेर छिटोभन्दा छिटो समाधान गर्नतर्फ ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

ढोरपाटन:   बागलुङ नगरपालिका–१ का डम्मरबहादुर मल्ल बिहान झिसमिसेमै कालिका मन्दिर गेटमा पुग्नुहुन्छ । जहाँ उहाँको सानो पसल र रोट (मन्दिरमा चढाउने प्रसाद) बनाउने अँगेनो छ । मन्दिरमा भक्तजन आउनुपूर्व ...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको मूल्य तोलामा तीन हजार रुपैयाँले बढेको जनाएको छ । महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ ला...

थप पढ्नुहोस्

झापा:   झापाको दमक नगरपालिका–५ धनेश्वर मन्दिरको पूर्वपट्टि गेटनजिक बेवारिसे अवस्थामा ३०३ वटा राइफल फेला परेको छ। स्थानीयवासीले आज बिहान राइफल फेलापरेको जानकारी इलाका प्रहरी कार्यालय दमकमा ग...

थप पढ्नुहोस्