पोखरा: बेरोजगारहरुलाई ‘आशा’ जगाएर सकियो रोजगार मेला

छैनन् बुवा–आमा, छैन जागिर

कास्की | साउन ८, २०७९

पोखरा: बेरोजगारहरुलाई ‘आशा’ जगाएर सकियो रोजगार मेला

पाेखरा:   भनिन्छ ‘भोकालाई खाना र बेरोजगारलाई जागिर’ को आश नदेखाउनु । तर बेरोजगारलाई यस्तै आशा देखाएर गण्डकी प्रदेशको शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयद्वारा आयोजित पहिलो वृत्ति परामर्श तथा रोजगार मेला’ सकिएको छ ।

पोखराको प्रदर्शनीकेन्द्रमा गत ६ गतेदेखि सञ्चालनमा रहेको पहिलो संस्करणको मेला आज –आइतबार) सकिएको हो । 

 

सो मेलामा ३५ बढि स्टलहरु राखिएका थिए भने हजारौंको उपस्थिति रहेको थियो ।  सो मेलामा रोजगारदाताका स्टल, सुचना केन्द्रहरु र विभिन्न परामर्शदाताहरुको स्टलहरु रहेका थिए  । 

 

 

सो मेलामा सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको  ‘तालिम तथा रोजगार व्यवस्थापन सुचना प्रणाली’ (टिइएमआइए) नामक एप्लिकेसनमा जागिर खोज्नेहरु र कर्मचारी खोज्नेहरुका लािग फर्म भर्ने व्यवस्था मिलाइएको थियो । 

 

सो एपमा ४ वटा विद्याका व्यक्तिहरुले आफ्नो बायोडाटा भर्नसक्ने व्यवस्था रहेको थियो । सो एपमा सीपमुलक तालिम लिन चाहने, रोजगारीको खोजीमा, रोजगारदाता र सीप परिक्षण गर्न चाहनेहरुको लागि छुट्टाछुट्टै अनलाइन फर्मको व्यवस्था गरिएको थियो ।

 

पोखरा महागरपालिका १२ कि सौन्दर्यकर्मी शान्ती गुरुङले पनि पार्लरका लागि आवेदन दिएको बताइन् । आफु पार्लर पेशामा दक्ष भएको बताउदै रोजगारीको खोजीमा रहेको सुनाइन् । 

 

 

यसैगरि लमजुङ राइनास बहुप्राविधिक शिक्षालयमा वनविज्ञान दोस्रो वर्षमा अध्ययनरत चाँदनी मियाँले फरकफरक प्राविधिक विषयको बारेमा जान्ने मौका पाएको बताइन् । 

 

पोखरा टेक्निकल कलेज हिमालयन आँखा अस्पतालमा नेत्रविज्ञान विषयमा अध्ययरत विद्यार्थी प्रिती बरालले दक्षताको कदर गर्नुपर्ने बताइन् । ‘यदि सरकारले नेपालमै अवसरको सिर्जना र दक्षताको कदर गर्ने हो भने धेरै नेपालीहरु विदेशीने थिएनन् ।’ उनले भनिन् ।

 

प्राविधिक विषय अध्ययनपश्चात अवसरको बारेमा समेत बुझ्ने मौका पाएको भन्दै खुशी व्यक्त गरेकी थिइन् ।

 

छैनन् बुवा–आमा, छैन जागिर

लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित मुना मदन, नेपाली साहित्यमा तहल्का मच्चाएको एउटा खण्डकाव्य । जहाँ मुनालाई छोडेर मदन ल्हाँसा गएको कथामा विवेचना गरिएको छ ।

 

अहिले पनि पैसा र पारिवारिक सुखका लागि कैयौं मदनहरु विदेशीन्छन् । नेपाल सरकारको तथ्याङ्कले वाषर््िाक ६० लाख युवा मुग्लान पस्ने गरेको देखाउँछ । विदेशीने युवाहरुको सँख्या भन्दा कम छैन, स्वदेशमै रोजगारीको खोजीमा कुद्नेहरु सँख्या पनि ।

 

सरकारसँग बेरोजगारी युवाको ऐकिन तथ्याङ्क हुनुपर्छ । तर कति दक्ष जनशक्ति र बेरोजगार छन् भन्ने तथ्याङ्क गण्डकी प्रदेश सरकारसँग भने छैन । 

 

यद्यपी तथ्याङ्क संकलनमा थप टेवा पुग्ने उद्देश्यसहित गण्डकी प्रदेशको शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले पोखरामा तीनदिने ‘वृत्ति परामर्श तथा रोजगार मेला’ सम्पन्न गर्याे । उक्त मेलामा कैयौं मदनहरु सहभागी थिए । तिनै मदनहरु मध्येका एक हुन् मदन नेपाली  । उमेरले भर्खरै एक बीस पार गरे । 

 

उमेरले कलिलै भएपनि जिम्मेवारीले थिचेको छ । पोखरा महानगरपालिका २३ का मदन उच्चशिक्षा सकेर जागिरको खोजीमा छन् । प्रदेश सरकारले पहिलोपटक आयोजना गरेको  रोजगार मेलामा आइपुगेका हुन् । ‘मलाई पलम्बिङ आउँछ । मैले सीप विकास तालिम केन्द्रमा सिकेको हुँ, सुनगाभा न्यूजसँग बोल्दै भने, ‘तालिमपछि अहिले मामासँग काम गर्दै आएको छुँ ।’

 

उनी घरको जेठोबाठो हुन् । जिम्मेवारी उनको काँधमा छ । त्यसैले उनी राम्रो रोजगारीको खोजीमा छन् । ‘आमाको बित्नुभाको एक वर्ष भयो । बुवा बेपत्ता हुनुहुन्छ । अहिले घरमा भाई, हजुरबुबा र हजुरआमा हुनुहुन्छ, उनले थपे, ‘भाईलाई पढाउने, परिवार हेर्ने मेरै काँधमा आएको छ । त्यसैले राम्रो मौका पाउँछु कि भनेर यहाँ आएको हुँ ।’

 

उनले उक्त मेलामा रोजगारको लागि आवेदन दिने बताए । ‘यो मेलामा सीप र क्षमता भएकाहरुलाई जागिर मिल्छ भन्ने सुनेको थिए । म पलम्बिङमा दक्ष छु । त्यसैले त्यही क्षेत्रमा फर्म भर्छु । मौका पाए भने राम्रो गर्छु ।’ उनले भने ।’

 
 

काठमाडौं:  गृहमन्त्री रमेश लेखकको राजीनामा दिनुपर्ने विषयमा प्रमुख प्रतिपक्षी र सत्ता पक्षले आ–आफ्नो अडान कायम राखेपछि सभामुख देवराज घिमिरेले बोलाएको बैठक निष्कर्ष विहीन भएको छ । संसद् भवन नयाँ...

थप पढ्नुहोस्

मुस्ताङ:  उत्तर-दक्षिण जोड्ने कालीगण्डकी कोरिडोरको बेनी-जोमसोम(कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत पुगेको छ ।  कोरला सडक आयोजनाले सुरुआतीदेखि हालसम्म ४३ वटा योजनाका लागि सात अर्ब ९० कर...

थप पढ्नुहोस्

काठमाडौं: सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।   सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यस व्यवसाय थप स...

थप पढ्नुहोस्