एनपिएल: १ सय ५० को लक्ष्य पछ्याउँदैं काठमाडौं गुर्खाज

काठमाडाैं | मंसिर १९, २०८१

एनपिएल: १ सय ५० को लक्ष्य पछ्याउँदैं काठमाडौं गुर्खाज

काठमाडौं जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा कर्णाली याक्सले दिएको १ सय ५० को लक्ष्यलाई काठमाडौं गुर्खाजले पछ्याएको छ ।

 

आजको पहिलो खेलमा कर्णालीले काठमाडौंलाई १ सय ५० रनको प्रतिस्पर्धात्मक लक्ष्य पेश गरेको हो ।

 

टस हारेर ब्याटिङमा उत्रेको कर्णालीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४९ रनको योगफल तयार गर्याे । 

 

कर्णालीका लागि ओपनर ब्याटर शिखर धवनले नट आउट रहँदै सर्वाधिक ७२ रन जोडे । उनले ५१ बलमा ४ चौका र ५ छक्का प्रहार गरे । 
 

चाल्डिक वाल्टनले १५ बलमा ५ चौकाको सहयोगमा २१ रन जोडे । बाबर हायतले १८ बलमा १३ रन जोडे । हायत दीपेश कडेलको बलमा बोल्ड आउट भए ।

 

गुलशन झाले १९ बलमा १ चौकाको सहयोगमा १२ रन जोडे । जिशान मक्सुद ११ बलमा १ चौकाको सहयोगमा १४ रन बनाउँदै नट आउट रहे ।

 

काठमाडौंका लागि जेहार्ड एरास्मसले २ तथा नाथन स्वटर, दीपेश कंडेल र कप्तान करण केसीले समान १ विकेट लिए । 

 

आजै हुने दोस्रो खेलमा विराटनगर किंग्सले लुम्बिनी लायन्सको सामना गर्दैछ ।
 

पोखरा ।  ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...

थप पढ्नुहोस्

कर्णाली:   नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्‍याइएका उनको  मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...

थप पढ्नुहोस्

महेन्द्रनगर:  कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई  पक्राउ गरेको छ ।      बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

थप पढ्नुहोस्