पोखरा आइटिएफ जे ३० प्रतियोगिता भोलिबाट

१० देशका १०५ खेलाडी पहिलो सर्किटको प्रतिष्पर्धामा

पाेखरा | मंसिर १६, २०८१

पोखरा आइटिएफ जे ३० प्रतियोगिता भोलिबाट

पोखरा:  कास्की जिल्ला टेनिस संघको आयोजनामा भोली (सोमबार)बाट आइटिएफ वल्ड टेनिस टुर जे३० सर्किट १ र २ सुरू हुने भएको छ । 

प्रतियोगिताको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा कास्की टेनिसले उक्त कुराको जानकारी दिएको हो । 


करिव दुई साता मंसिर १७ देखि २९ गते सम्म सञ्चालन हुने प्रतियोगिताको पहिलो सर्किट भोलि सोमबारबाट हुने र प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको कास्की टेनिसका सचिव भिष्मराज पौडेलले जानकारी दिएका छन्  । 


पोखरालाई खेलकुद पर्यटनको माध्यमबाट विश्वमा चिनाउन महत्वपूर्ण भूमिका निर्वाह हुने बताउँदै आयोजकले पहिलो सर्किटका १०५ जनाको सहभागिता हुने छ । 


पहिलो सर्किटको समापन संगै दोस्रो सर्किट समेत सुरु हुने जानकारी गराउँदै प्रतियोगिताका प्रचार प्रसार संयोजक प्रिती बरालले पहिलो सर्किट अन्तर्गत १० देशका पुरुष खेलाडी ७० र महिला खेलाडी ३५ जनाले प्रतिष्पर्धा गर्ने बताइन् । 


उनले भनिन्–“पोखराले विभिन्न १० देशका खेलाडी उनीहरुका अभिभावक र प्रशिक्षक गरी २ सय ५० जनाको आतिथ्यता गर्न पाउनु महत्वपूर्ण विषय हो ।”


प्रतियोगितामा सहभागि देशहरुमा नेपालसहित जापान, भारत, चिन, अमेरिका, न्युजिल्याण्ड, ताइवान, मंगोलिया, बंगलादेश र कोरियाका खेलाडीहरुको सहभागिता रहेको छ ।  


प्रतियोगिताले स्थानिय खेलाडीहरुको खेल कौशल बढाउन सुनौलो अवसरको रुपमा हेरिएको कास्की टेनिसका उपाध्यक्ष नविन चालिसेले बताएका छन् । 


उनले भने–“यो महत्वपूर्ण प्रतियोगिता हो । हामीले अन्तिम तयारी पुरा गरेका छौं । सबै पोखरेलीहरुको सहयोगले प्रतियोगितालाई उचाईमा पुर्याउन चाहन्छौं । तर पोखरा आउने कनेक्टिभिटीका कारण सोचे अनुरुपा प्रतियोगिता अघि बढ्न सकेको छैन । यसमा राज्यको ध्यान जान आवश्यक छ ।”


प्रतियोगितामा १३ वर्ष देखि १८ वर्ष उमेर समुहमा हुने प्रतिष्पर्धाका बिजेताले समान ३० अंक, उपबिजेताले १८ अंक, सेमि फाईनलिष्टले ९ अंक, क्वाटर फाइनालिष्टले ५ र आर–१६ले २ अंक प्राप्त गर्नेछन् । .त्यस्तै डबल्समा विजेताले २५ अंक उपविजेताले १३ अंक, सेमि फाइनालिष्टले ६ अंक, क्वाटर फाइनालिष्टले ३ अंक प्राप्त गर्नेछन् ।


प्रतियोगितामा पुरुष सिङ्गल्स तथा डबल्स ̸ महिला सिङ्गल्स तथा डबल्स गरि जम्मा ४ ईभेन्टमा प्रतियोगिता संचालन हुनेछन् । जसमा बिजेता तथा उप–विजेताले प्रमाण–पत्रसहित मेडल प्राप्त गर्नेछन् ।


प्रतियोगिता बारे जानकारी दिंदै प्रतियोगिताका टुर्नामेन्ट डाइरेक्टर अजय विष्टले प्रतियोगितामा पुरुषतर्फ वर्ल्ड ¥याकिङ नं १ जापानी खेलाडी रिकु हिगासी र नेपाली खेलाडी वर्ल्ड ¥याकिङमा चौथो रहेका आरभ सम्राट हाडा र महिलातर्फ वर्ल्ड ¥याकिङ नं १ भारतिय खेलाडी माहिका खन्ना र छैटौं वर्ल्ड ¥याकिङकी नेपाली खेलाडी सुनिरा थापाको सहभागिता हुने जानकारी दिए । जापानी खेलाडी रिकु गत वर्ष समेत पोखरा आएका खेलाडी हुन् । 


टुर्नामेन्ट डाइरेक्टर अजय विष्टले प्रतियोगिताका लागि चार जना भारतिय अम्पाएर समेत पोखरा आइपुगेको जानकारी दिएका छन् । 


प्रतियोगिता सम्पन्न गर्न करिव २१ लाख खर्च हुने कास्की टेनिसका कोषाध्यक्ष विष्णु थापाले जानकारी दिंदै सहयोगका लागि प्रदेश सरकार, प्रदेश खेलकुद परिषद र पोखरा महानगर संग आग्रह गरिएको बताए । “अहिले हामीले व्यक्तिगत रुपमा खर्च गरेका छौं । पोखरा महानगरबाट सहयोग हुने आश्वासन पाएका छौं”,उनले भने । 

                                                            
कास्की टेनिस संघका अध्यक्ष एवं प्रतियोगिताका संयोजक राजकुमार गुरुङ (राजु)ले पोखरालाई खेलकुद मार्फत प्रवर्द्धन गर्न प्रतियोगिताले महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाउँदै अर्को सस्करणहरु जे६० वा जे१०० गर्ने तयारीमा आफूहरु रहेको जनाए । उनले भने–“हामी संग पूर्वाधारको अभाव छ । यदि हामीलाई सहयोग रह्यो भने ठूला बरियताका प्रतियोगिता गर्न हामी सक्षम छौं ।”

                                                 

काठमाडौं:   इजरायलले अझै जीवित रहेको विश्वास गर्ने २२ जना बन्धकमध्ये एकमात्र गैर–इजरायली नेपाली नागरिक विपीन जोशी पनि रहनुभएको छ । उहाँको कथा अहिले पनि इजरायल र नेपाल दुवै देशमा पीडा र आशाको ...

थप पढ्नुहोस्

काठमाडौं:  नेपालले आज आइसिसी पुरुष टि ट्वान्टी एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्समा संयुक्त अरब इमिरेट्स (युएई) लाई अत्यन्त रोमाञ्चक खेलमा १ रनले हराएको छ। यो सँगै नेपालले महत्वप...

थप पढ्नुहोस्

काठमाडौं: नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवम् पूर्व सभामुख कृष्णबहादुर महरालाई पक्राउ गरेको छ ।  महरालाई आइतबार प्रहरीले ललितपुरस्थित निवासबाटै पक्राउ गरिएक...

थप पढ्नुहोस्