उद्योगमन्त्री भण्डारी भारत प्रस्थान

काठमाडाैं | मंसिर १६, २०८१

उद्योगमन्त्री भण्डारी भारत प्रस्थान

काठमाडौं:    उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी भारतको नयाँदिल्लीमा हुने दुई दिने साझेदारी शिखर सम्मेलन २०२४ मा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।


भारतको वाणिज्य तथा उद्योग मन्त्रालयको आयोजनामा सोमबार र मङ्गलबार आयोजना हुने औपचारिक कार्यक्रमका लागि उहाँ भारत प्रस्थान गर्नुभएको हो । 


सो सम्मेलनमा सरकार–उद्योग साझेदारीलगायत विषयमा छलफल हुने जनाइएको छ । भारतका वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयलको औपचारिक निमन्त्रणमा मन्त्री भण्डारी नयाँदिल्ली प्रस्थान गर्नुभएको हो ।


सो शिखर सम्मेलनमा भारतसहित नेपाल, अल्जेरिया, बहराइन, भूटान, इजराइल, इटाली, साउथ अफ्रिका, कम्बोडिया, म्यानमार, कतार, सेनेगललगायत राष्ट्रका उद्योग तथा वाणिज्य र वित्तमन्त्रीहरुको सहभागिता रहने मन्त्री भण्डारीका स्वकीय सचिव आनन्द भट्टले जानकारी दिनुभयो । 


सो सम्मेलन नयाँदिल्लीस्थित सुस्मा स्वराज भवनमा सम्पन्न हुने जनाइएको छ ।

ढोरपाटन:   बागलुङ नगरपालिका–१ का डम्मरबहादुर मल्ल बिहान झिसमिसेमै कालिका मन्दिर गेटमा पुग्नुहुन्छ । जहाँ उहाँको सानो पसल र रोट (मन्दिरमा चढाउने प्रसाद) बनाउने अँगेनो छ । मन्दिरमा भक्तजन आउनुपूर्व ...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको मूल्य तोलामा तीन हजार रुपैयाँले बढेको जनाएको छ । महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ ला...

थप पढ्नुहोस्

झापा:   झापाको दमक नगरपालिका–५ धनेश्वर मन्दिरको पूर्वपट्टि गेटनजिक बेवारिसे अवस्थामा ३०३ वटा राइफल फेला परेको छ। स्थानीयवासीले आज बिहान राइफल फेलापरेको जानकारी इलाका प्रहरी कार्यालय दमकमा ग...

थप पढ्नुहोस्