विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको  छ: अध्यक्ष दाहाल

चितवन | मंसिर ७, २०८१

विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको  छ: अध्यक्ष दाहाल

चितवन:     नेकपा  (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  विभाजन भएका माओवादी पार्टीहरु एकताको प्रक्रियामा रहेको बताउनुभएको छ । 
    
चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा आज पार्टी कार्यर्ताहरुसँगको भेटघाट तथा छलफल कार्यक्रममा अध्यक्ष दाहालले विभाजनको शृङ्खला रोकिएको र एकताको प्रक्रिया सुरु भएको बताउनुभयो ।

    
अध्यक्ष दाहालले भन्नुभयो, “अब मिल्नुको विकल्प छैन, विभाजनको  शृङ्खला रोकिएको छ, सबै माओवादी एकताको प्रक्रियामा छन ।” देशको विकास तथा निकासका लागि पूर्ण समानुपातिक र प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणाली आवश्यक रहेको उहाँको भनाइ थियो । 

    
अध्यक्ष दाहालले भन्नुभयो, “हामीले पूर्ण समानुपातिक र प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणाली भनिरहेका छौँ, अहिले विस्तारै सबै पार्टीका बुद्धिजीवी पनि यो कुरा ठिकै हो भन्न थालेका छन् ।” अहिलेको  निर्वाचन प्रणालीले  राजनीतिक भ्रष्टाचार बढाउने उहाँको भनाइ थियो । 

    
कार्यकर्तालाई पार्टीले गरेका सम्पूर्ण राम्रा कामबारे जनतासामु प्रष्ट पार्न अध्यक्ष दाहालले निर्देशन दिनुभयो । 

पोखरा:    नेकपा एमाले कास्की क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उम्मेदवार रश्मि आचार्यले भूमिहिन र सुकुम्बासीको समस्या समाधानलाई आफ्नो मुख्य प्राथमिकता भएको बताएका छन् ।   उनले आफू निर्वाचित भए...

थप पढ्नुहोस्

पोखरा:     कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुकमा घान्द्रुक पर्यटन महोत्सव सुरु भएको छ ।   घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब कोँड (घान्द्रुक)को संयुक्त आयोजनामा ब...

थप पढ्नुहोस्

पोखरा:    नेकपा (एमाले)ले नेसनल भोलेन्टियर्स फोर्स गण्डकी प्रदेश र कास्की जिल्लाको युनिफाइड कमाण्ड घोषणा गरेको छ । फोर्सको प्रदेश इञ्चार्जमा सुशिल बस्नेत र फोर्सको प्रदेश प्रमुख कमान्डरमा पानबहादुर जिसी छ...

थप पढ्नुहोस्