राष्ट्रलाई भ्रममा पार्ने षडयन्त्रका विरुद्ध एमालको जागरणसभा: महासचिव पोखरेल
काठमाडाैं | मंसिर ७, २०८१
काठमाडौं: नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले राष्ट्रलाई भ्रममा पार्ने षडयन्त्रका विरुद्ध एमालले जागरणसभा आयोजना गरेको बताउनुभएको छ ।
नेकपा एमाले काठमाडौँ, ललितपुर र भक्तपुर तीन वटा जिल्ला कमिटीले आज यहाँ आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले अनावश्यक षडयन्त्रलाई चिर्न जागरणसभा आयोजना गरेको स्पष्ट पार्नुभयो ।
उहाँले देशका प्रमुख दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा ९एमाले० मिलेर राष्ट्रलाई राजनीतिक निकास दिन लागेका बेला विभिन्न षडयन्त्र भइरहेकोतर्फ सचेत हुन आग्रह गर्नुभयो ।
राष्ट्र र राष्ट्रियताका पक्षमा उभिएकै कारण एमाले माथि आक्रमण भएको उल्लेख गर्दै महासचिव पोखरेलले भन्नुभयो, “हाम्रो पार्टीका विरुद्ध चौतर्फी घेराबन्दी र आक्रमण हुँदै आएको छ, अहिले एमालेलाई समाप्त पार्न अनेक षडयन्त्र भइरहेका छन् । एमालेविरुद्ध फैलाइएका सबैखाले भ्रम चिर्न पार्टी पंक्ति एक हुनुपर्ने समय आएको छ ।”
महासचिव पोखरेलले एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा आर्थिक प्रगति गर्ने मुलुकहरुको सूचीमा नेपाल परेको प्रसङ्ग उल्लेख गर्दै भन्नुभयो, “देश बनाउने पार्टी एमाले हो, काम गर्नेलाई काम गर्न देऊ भन्न सक्नुपर्दछ, तब मात्र देश बन्दछ ।”
महासचिव पोखरेलले राजनीतिक अस्थिरताका कारण देशको विकास हुन नसकेको महसुस गरी ठूला राजनीतिक दल एक भइ सरकारमा गएको बताउनुभयो । पछिल्ला दिनमा एमालेसँग जोडेर गलत प्रचार हुन थालेको उल्लेख गर्दै आफ्नो पार्टीमाथी जोडिएका सबै विषयमा छानबिन गर्न चुनौती दिनुभयो ।
महासचिव पोखरेलले अराजकताका विरुद्ध केपी ओली दह्रोसँग उभिएका कारण उहाँलाई बदनाम गराउने प्रयास भइरहेको बताउँदै भन्नुभयो, “नेकपा एमाले जनताको हृदयमा छ, राष्ट्रको हृदयमा छ, नेपाली समाजमा केही व्यक्तिहरू जे कुरालाई पनि षडयन्त्रको जालो रच्ने खेलमा लागेका छन्, त्यसतर्फ हामी सबै सचेत रहनुपर्छ ।”
उहाँले कम्बोडियामा भइरहेको कार्यक्रममा एमालेका नेताहरू भाग लिन जाँदासमेत कुप्रचार गरिएको भन्दै आपत्ति जनाउनुभयो । नेकपा एमाले सहकारी छानबिनमा व्यक्ति नभई घटना केन्द्रित छानबिन गरौँ भन्ने पक्षमा रहेको स्मरण गराउँदै महासचिव पोखरेलले व्यक्ति केन्द्रित भइ अनुसन्धान गरौँ भन्ने राष्ट्रिय स्वतन्त्र पार्टी सभापति अहिले आफैँ अनुसन्धानको दायरामा रहेको बताउनुभयो । त्यसको दोष अहिले एमालेमाथि लगाउने काम भइरहेकाले उहाँले आपत्ति प्रकट गर्नुभयो ।
एमाले देश बनाउने यात्रामा रहेको बताउँदै महासचिव पोखरेलले देश बनाउने सन्दर्भमा प्राप्त सबै सुझाव एमालेले ग्रहण गर्ने बताउनुभयो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

