लोकतन्त्रको विकल्प अन्य व्यवस्था हुन सक्दैन: गृहमन्त्री लेखक
कञ्चनपुर | मंसिर ५, २०८१
कञ्चनपुर: गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प कुनै व्यवस्था हुन नसक्ने बताउनुभएको छ ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति कञ्चनपुरले आज आयोजना गरेको घेटघाट कार्यक्रममा गृहमन्त्री लेखकले लोकतन्त्रको विकल्प हुनै नसक्ने स्पष्ट पार्नुभयो ।
“लोकतन्त्रमा जनताका अधिकारको सुरक्षा गर्ने, स्वतन्त्रता प्रदान गर्ने जनताको व्यवस्था हो,” गृहमन्त्री लेखकले भन्नुभयो, “त्यसैले अहिलेको शासन व्यवस्थालाई हामीले सुदृढ गर्दै लग्नुपर्छ यसैमा जनताको विश्वास र भरोसा जगाउनुपर्छ ।”
मुलुकमा तीन÷तीन महिनामा संसद्मा प्रधानमन्त्रीले विश्वासको मत लिइराख्नुपर्ने अवस्था सिर्जना भएकाले संसद्का दुई ठूला दल मिलेर सरकार बनेको उहाँको भनाइ थियो ।
गृहमन्त्रीले भन्नुभयो, “एमाले र कांग्रेस मिलेर सरकार बनेको छ, यो सरकारको उद्देश्य देशमा स्थिरता कायम राख्ने र सुशासन कायम राख्नु हो ।” उहाँले जनजीविकाको सवाल र मुलुकमा आर्थिक उन्नति गर्ने सवालमा सरकार क्रियाशील भएर लागेको बताउनुभयो ।
देशमा विधिको शासन कायम गर्न सरकार पूर्णरूपले लागि परेको गृहमन्त्री लेखकको भनाइ थियो । उहाँले पछिल्लो समय अपराधजन्य घटना वृद्धि भइरहेको बताउनुभयो ।
“लागुऔषध अहिले सबैभन्दा ठूलो समस्याका रूपमा देखिएको छ, युवाहरू लागुऔषधका कारण अपराधजन्य क्रियाकलाप भइराखेका छन्”, उहाँले भन्नुभयो, “यी समस्यालाई पनि गहिरो ढङ्गले अध्ययन गरेर अगाडि बढ्नुपर्ने अवस्था छ ।”
गृहमन्त्री लेखकले सुशासन कायम राख्न र भ्रष्टाचार न्यूनीकरण गर्न सरकारले अत्यन्तै मेहनतका साथ काम गरिराखेको बताउनुभयो ।
पोखरा: एडुब्रिज कन्सल्टेन्सीले पोखराको विरौटामा आठौं शाखा विस्तार गरेको छ । एडुब्रिज कन्सल्टेन्सीका सञ्चालक योगेश क्षेत्री र गण्डकी प्रदेश शाखाका निर्देशक किसान सुनारले सयुक्त रुपमा शाखाको उद्घाटन गरे । ...
म्याग्दी: भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने जिल्लाको धवलागिरि गाउँपालिका–५ मल्कवाङमा पहिलोपटक बस पुगेको छ । सदरमुकाम बेनीबजारबाट यात्रु बोकेर शनिबार पहिलोपटक ध१ख ३०८ नम्बरको बस मल्कवाङ प...
पोखरा: फिटनेस तथा स्वास्थ्य–जीवनशैलीप्रति बढ्दो आकर्षणलाई मध्यनजर गर्दै पोखरामा राइज फिटनेसले आफ्नो सेवा विस्तारलाई तीव्र बनाएको छ । सात वर्षअघिदेखि फिटनेस व्यवसायमा सक्रिय राइज फिटनेसले ...

