भारतका स्थल सेनाध्यक्ष काठमाडौँमा

काठमाडाैं | मंसिर ५, २०८१

भारतका स्थल सेनाध्यक्ष काठमाडौँमा

काठमाडौं:   प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी पाँचदिने भ्रमणको सिलसिलामा आज काठमाडौँ आइपुग्नुभएको छ । 

पाँच सदस्यीय भ्रमणदलमा उहाँकी धर्मपत्नी तथा भारतीय सेनाको सैनिक श्रीमती कल्याण सङ्घकी अध्यक्ष सुनिता द्विवेदी पनि सहभागी हुनुहुन्छ ।
 

उहाँहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी प्रेमध्वज अधिकारी र उहाँकी धर्मपत्नीले स्वागत गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

 
भ्रमणका क्रममा जनरल द्विवेदीलाई यही मङ्सिर ६ गते राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरिने विशेष समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ । 


मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ विस्तार एवं प्रगाढ पार्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

पोखरा:    कास्की र मनाङको सिमाना अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १० बजेर १३ मिनेटमा कास्की र मनाङको सीमान...

थप पढ्नुहोस्

खोटाङ:     सहर छाडेर गाउँ फर्किनुभएका अर्थशास्त्री तथा राजनीतिक विश्लेषक हरि रोकाको खेतमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)खोटाङका नेता तथा कार्यकर्ताले श्रमदान गरेका छन् ।  काठम...

थप पढ्नुहोस्

म्याग्दी:    ४ महिनाअघि अवरुद्ध भएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीय स्थल घोडेपानी जोड्ने पोखरेबगर–चित्रे सडक अझै सञ्चालन भएको छैन् ।   अन्नपूर्ण गाउँपालि...

थप पढ्नुहोस्